आइतवार, बैशाख २३, २०८१

प्रधानमन्त्रीज्यू, कृषि भनेको धान गहुँ मात्र हो ?

काठमाडौं । कृषि क्षेत्रको विकासका लागि सरकारको नेतृत्व गरिरहेका व्यक्ति कत्ति निर्लज्ज प्रस्तुत हुन्छन् भन्ने कुराको प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्ट्याई गरिदिएका छन् । कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउन नसके मुलुकको आर्थिक विकासको आधार समाप्त हुने बताउंछन् प्रधानमन्त्री दाहाल । तर कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार स्तम्भहरुलाई भने भताभुङ नै पार्दै आईरहेका छन् ।

k|wfgdGqL k'iksdn bfxfn k|r08, k|wfgdGqL s[lif cfw'lgsLs/0f kl/of]hgf cGt/ut s}nfnLdf sfof{Gjog ug{ nfluPsf] ux'F afnLsf] …;'k/ hf]g… sfo{qmdsf] a'wjf/ pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ l;4/fh e§ /f;;

प्रधानमन्त्रीका नाममा नेपाल सरकारको मात्र लगानीमा आएको सवैभन्दा ठूलो आयोजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको गहुं सुपरजोनको उद्घाटन गर्न पुगेका दाहालले किसानहरुलाई जति चिल्ला कुरा गरे त्यसको पर्सिपल्टै आफूले सम्हालेको पशुपन्छी विकास मन्त्रालयको स्थापना दिवसमा आफू सहभागि नभएर आफ्ना सल्लाहकारलाई पठाए । के प्रधानमन्त्रीले गर्ने काम सवै सल्लाहकारहरुले नै गर्ने गरेका हुन् ? पशुपन्छी विकास मन्त्रालयको सम्पूर्ण फाइल सदर पनि उनै सल्लाहकारको जिम्मा त दिएका छैनन् ? प्रश्न माथि प्रश्न उब्जिएको छ । कृषिमा अनुदान, प्रोत्साहन, सहयोग गरेर युवाहरुलाई विदेशिनबाट रोक्न कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्घोष गर्ने प्रधानमन्त्रीले कृषि भनेको धान र गहुं मात्र बुझेका छ होइनन् ? त्यसो होइन भने कृषि क्षेत्रमा आत्मनिर्भर बन्न लागेको पशुपन्छीलाई किन वेवास्ता गरेका हुन् । कर्मचारीलाई काम गर्न सकेनन् भन्ने आरोप लगाउने तर आपूm कहिल्यै मन्त्रालय नजाने र समस्या बुझ्न प्रयास नगर्ने मन्त्री पद ओगटिरहने व्यक्तिलाई निरिह, निर्लज्ज व्यक्तिको उपमा सरोकारवालाहरुले चिन्न थालेका छन् ।
गत बर्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले सत्ताको भागबण्डाका लागि कृषि विकास मन्त्रालय फुटाएकोबनेको पशुपन्छी विकास मन्त्रालयले पौष ९ गते एक बर्ष पूरा गरेको छ । यो एक बर्षको वीचमा तीन जना सचिव फेरिसकेका छन् भने पौष १३ गते पछि फेरि अर्को सचिव आउंदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेको पशुपन्छी विकास मन्त्रालयको चार महिनाको वीचमा चार जनानै सचिव फेरिनुले मन्त्रालयले किसानका पक्षमा कसरी काम गर्न सक्ला ? हुन त पशुपन्छी विकास मन्त्रालयलाई राज्यले प्राथमिकतामा नराखेको स्पष्ट देखिएको छ । पशुपन्छी विकास मन्त्रालय सम्हालको प्रधानमन्त्री दाहाल अरु बेला त फुर्सद भएन गएनन् ठिकै होला तर मन्त्रालय स्थापना दिवसका दिन समेत मन्त्रालयको कार्यक्रमलाई भन्दा रिवन काट्न जानुलाई नै प्राथमिकता राखे पछि कस्को के लाग्छ ?
प्रधानमन्त्री दाहालले आफूले सम्हालेको मन्त्रालयमा न त मन्त्री नियुक्त गर्न सकेका छन्, न त सचिव नै पूर्णकालिन पठाउन सकेका छन् । उनी त केवल सत्ताको स्वादमा मात्र रमाईरहेका छन् । पशपन्छी विकास मन्त्रालयका अधिकारीहरु नै गुनासो गर्न थालेका छन् । तर दाहाल भनिरहेका छन् कृषिको विकास नभए मुलुकुको आर्थिक समृद्धि हुंदैन रे !
सरकारले चालु आर्थिक बर्षदेखि लागू हुने गरी कार्यान्वयमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषिमा आमूल परिवर्तन ल्याउने फोस्रो भाषण गर्ने प्रधानमन्त्रीले पशुपालनलाई प्रोत्साहन नगरेर त्यसको विकास नगरेसम्म कृषि क्षेत्रको विकास हुन नसक्ने कुरा उनका सल्लाहकारले जानकारी दिएनछन् । पशुपालन गर्ने किसानहरुलाई पूर्ण रुपमा वेवास्ता गर्ने प्रधानमन्त्रीको कृषि क्षेत्रको विकासका भाषणलाई हावादारी गफ भन्दा फरक नपर्ला ?
स्मरण रहोस् पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी लिएका दाहाल एक पटक पनि सो मन्त्रालयका गएका छैनन् । मन्त्री र बेला बेलामा सचिव विहिन हुने पशुपन्छी विकास मन्त्रालयलाई टुहुरो मन्त्रालयका रुपमा चिनिन थालेको छ ।

प्रकाशित मिति: सोमवार, पुस ११, २०७३