सोमवार, बैशाख २४, २०८१

मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादन बृद्धि आवश्यक

काठमाडौं, पौष । नेपाल परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकालले कृषि उत्पादकत्व बृद्धि नगरेसम्म मुलुकको आर्थिक विकास नहुने बताएका छन् । चीन सरकारको निमन्त्रणामा विकासोन्मूख राष्ट्रका लागि वातावरणीय मैत्री मलखाद उत्पाद एवं प्रयोग सम्वन्धी तालिम सिकेर आएका प्रशिक्षार्थीहरुको अनुभव आदनाप्रदान गर्न सरस कृषि सहकारी संस्था र मधुरस महिला सहकारी संस्थाद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका ढकालले सो कुरा बताएका हुन् । yaknath-dhakal-krishi-online
सोही कार्यक्रममा बोल्दै नेता ढकालले सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषि उत्पादनमा जोड दिनु पर्ने बताउंदै नेपाल जस्तो कृषिमा आश्रित मुलुकले वातावरण मैत्री रुपमा काम नगरे भविष्यमा ठूलो असर पर्ने समेत बताए । हिजोका खेती योग्य उर्वरभूमि रासायनिक मलको अत्यधिक प्रयोगका कारण अहिले माटोमा विगार्ने काम गरिरहेकैले उत्पादनमा ह्रास हुन थालेको समेत बताए ।
कृषिमा आधुनिकीकरणसंगसँगै त्यसलाई वातावरणीय मैत्री रुपमा लैजानु पर्नेमा सांसद ढकालले जोड दिएका थिए । पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेका ढकालले गरिवी न्यूनिकरण गर्नका लागि सहकारीका माध्यमबाट कृषि उत्पादन गर्नु नै उत्तम विकल्प रहेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७३