बुधबार, बैशाख १९, २०८१

प्रधानमन्त्री दाहालले बांडे स्मार्ट मोवाईल फोन

धनगढी । कृषि विकास मन्त्रालय मातहतमा रहेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले किसानहरुलाई हरेक दिन कृषि सम्वन्धि जानकारीहरु दिने उदेश्यले निर्माण गरेको हाम्रो केषि मोवाइल एप्स सहितको स्मार्ट मोवाईल फोन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हस्तान्तरण गरेको छ । mibile-appas
पाँच जना किसान समूहहरुलाई प्रधानमन्त्रीले सो मोवाईल सहित बर्षा मापन यन्त्र र ताप मापन यन्त्र समेत वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री दाहालले किसानहरुका लागि दैनिक पर्ने समस्याहरु समाधान गर्नका लागि आयोजनाले वितरण गरेको मोवाईल एप्सले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
सोही कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका कृषि मन्त्री गौरीशंकर चौधरीले सुपर जोन अन्तगर्त कृषिको आधुनिक प्रविधिमार्फत किसानहरुलाई जागरुक गर्ने बताए त्यसका लागि कृषिका लागि अत्यन्तै महत्वपूर्ण मानिएको सूचना प्रणाली, कृषि मौमस सल्लाह सेवा बुलेटिन, कृषि मौसम सम्वन्धि जानकारी, बाली विरुवाको रोग कीराको रोकथाम एवं बजारीकरण आदिमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा आयोजनका प्रमुख विष्णु घिमिरेले किसानहरुलाई हरेक दिन जववायु परिवर्तनले हुन सक्ने सम्भावित जोखिमबाट मुक्त गराउनका मद्दत पुग्ने बताए ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७३