मङ्लबार, बैशाख २५, २०८१

कृषि तथा पशुपालनमा सहयोग जारी: इजरायली राजदूत

काठमाडौं । नेपालका लागि इजरायली राजदूत यारोन मेयरले इजरायल सरकारले नेपालको कृषि तथा पशुपालन क्षेत्रमा गर्दै आइरहेको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताएका छन् । काठमाडौंमा आायोजित स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न इज्राएड र कृषि तथा वन विश्वविद्यालय, रामपुर बीच दुई पक्षीय भएको सम्झौता कार्यक्रममा प्रमुख अतिथि बनेका मेयरले सो कुरा बताएका हुन् । स्थानीय (स्वदेशी) जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा ईश्वरीप्रसाद ढकाल, मौरी विज्ञ डा. खेमराज न्यौपाने र इजराएडका तर्फबाट इजराएडका प्रमुख बेन दगानीले हस्ताक्षर गरेका छन् । meyar
नेपालका स्थानीय जातका मौरीहरु एपिस सेरेना र खिल रहित पुत्का मौरी बारे अध्ययन अनुसन्धान गरी स्थानीय जनतालाई लाभान्वित गर्ने उदेश्य सहित यी दुई संस्थावीच सम्झौता भएको हो । सो अनुसन्धान पश्चात नेपालको मूल वासी मौरी एपिस सेरेनाको अवगुणहरुलाई निर्मूल गरी उच्चबजार मूल्य रहेको हिमालयन मौरीको मह उत्पादनमा स्थानीय स्थरमा बृिद्ध हुनुका साथै सो प्रजातिका मौरीमा नयाँ ब्रिड सृजना गर्न मद्धत पुग्ने बताइएको छ ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले विश्वविद्यालयमा मौरी पालन सम्बन्धित तीनओटा विषयहरुको अध्ययन सुरु भएको र जति सक्दो चाँडो मौरी विज्ञान विभागको स्थापना गरी मौरी अनुसन्धान तथा विकासका लागि मौरी विज्ञान सम्बन्धी विज्ञको उत्पादन गर्नु अपरिहार्य रहेको बताएका थिए । कार्यक्रममा “बी सर्पोटिभ”(BEE Supportive) नाम दिइएको सो खोज तथा अनुसन्धान कार्यक्रमकोे लोगो समेत सार्वजनिक गरिएको थियो ।
सो अध्ययन पश्चात गाँउ घरमै प्रशस्तै रोजगारीका अवसरहरु सृजना हुनुका साथै कुपोषणबाट मुक्ति, खाद्य सुरक्षाको प्रत्याभुति र प्रभावकारी परागसेचन मार्फत बोट विरुवाको उत्पादन र गुणस्तरमा पनि बृद्धि हुने इजराएडका कार्यक्रम प्रबन्धक सन्जिब पाण्डेले बताए । सम्झौता कार्यक्रममा बोल्दै मौरी विज्ञ प्रा. डा. खेमराज न्यौपानेले इजराएडको सहकार्यमा गरिने लागिएको सो अनुसन्धानले नेपालको मौरी पालन व्यवसायमा परिवर्तन ल्याई नेपाली मौरी पालनमा क्रियाशील किसानहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७३