आइतवार, जेष्ठ ६, २०८१

सचिव दास : कृषि मन्त्रालयबाट पशुपन्छीमा हाजिर

काठमाडौं, पौष । आगामी पौष ९ गते कृषि विकास मन्त्रालयबाट विभाजित भएर पशुपन्छी विकास मन्त्रालय स्थापना भएको एक बर्ष पुग्ने छ । यो एक बर्षको वीचमा नेपालमा राजनीतिक दलहरुले सत्ता फेरे झै मन्त्रालयको सचिवहरु पनि फेरिंदै आएको छन् । मन्त्रालय स्थापनाको करीव एक बर्ष पुग्न लाग्दा मन्त्रालयले तेस्रो सचिवको रुपमा डा. अन्नपूर्णा नन्द दासलाई पाएको छ । drमन्त्रालय स्थापनासंगै पहिलो सचिव डा. कृष्णचन्द्र पौडेल थिए भने त्यसपछि उत्तम कुमार भट्टराईलाई कृषि विकास मन्त्रालयबाटै सरुवा गरेर ल्याएको थियो । मंसिर १८ गते भट्टराई निवृत्त भएपछि मन्त्रालयमा सचिवको पद रिक्त थियो । रिक्त पदका लागि गत आईतबारको मन्त्रीपरिषद्ले वरिष्ठताका आधारमा डा. सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको थियो बढुवा गरे लगतै पोखरेललाई पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिने चर्चा चले पनि कृषि विकास मन्त्रालयकै जिम्मेवारी दिई कृषि विकास मन्त्रालयका सचिव अन्नपूर्णानन्द दासलाई पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको थियो ।
पशुपन्छी विकास मन्त्रालयका आउनु अघि दासले कृषि विकास मन्त्रालयको सचिवका रुपमा १२ दिनको समय विताएका थिए । -मिनाक्षी विष्ट

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३