आइतवार, बैशाख १६, २०८१

मासुमा आत्मनिर्भर बन्दै रोल्पा जिल्ला

रोल्पा, मंसिर । पशुपन्छी विकास मन्त्रालयले मुलुकलाई नै मासुमा आत्मनिर्भर बनाउने अभियानमा जुटिरहेका बेला रोल्पा जिल्ला भने मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ । कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ११ मेटिूक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले बताएका छन्
उत्पादित मासुमध्ये जिल्लामा खपत भई बढी भएको छिमेकी जिल्ला प्युठान, दाङ र राजधानीसम्म जाने गरेको बताइएको छ । खसी तथा राँगाको सुकुटी विदेशमा समेत पठाइने गरेको भए पनि कति परिमाणमा विदेश पठाइन्छ सोको आधिकारिक तथ्याङ्क कार्यालयमा नभएको सिंहले बताए । जिल्लामा व्यावसायिक बाख्रापालक कृषकको सङ्ख्या समेत बढ्न थालेको बताइएको छ । हाल १०० भन्दा बढी कृषकले व्यावसायिक बाख्रापालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवहरु प्शुपालन व्यवसायमा सक्रिय भएर लागेको बताइएको छ ।
हालसम्म जिल्लामा ६१ कुखुरापालन फार्म तथा विभिन्न स्थानमा २९ मासु पसल सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय रोल्पा तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १९, २०७३