बिहिबार, बैशाख २०, २०८१

सिंचाईका लागि कुलो शिलान्यास

दाङ, १० मङ्सिर । सिँचाइमन्त्री दीपक गिरीले दाङको बाघमारे गाविसस्थित बोगटी कुलोको शिलान्यास गरे । बाघमारे गाविसका दुईवटा गाउँलाई सिँचाइ सुविधा पुग्ने गरी निर्माण गर्न लागिएको उक्त कुलोबाट १०३ हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । रु ८५ लाखको लागतमा उक्त कुलोको निर्माण हुन लागेको हो ।
सो अवसरमा मन्त्री गिरीले दाङको पश्चिम क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सकेमा दाङ खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने बताउँदै सिँचाइ क्षेत्रमा लगानी बढाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गरे ।
“अब सिँचाइ नपुगेको क्षेत्रमा सिँचाइ पुरियाउन सम्बन्धीत सबै पक्ष लाग्नुपर्छ” उनले भने– नेपाल कृषि प्रधान देश भए पनि सिँचाइको उपयुक्त व्यवस्था नहुँदा वर्षेनी लाखौँ बिगहा जग्गा बाँझै रहने गरेकाले यसतर्फ सरकार गम्भीर भएर काम गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३