आइतवार, बैशाख २३, २०८१

माटो परीक्षण शिविर

भीमदत्तनगर, १० मङ्सिर । कञ्चनपुर झलारी पिपलाडी नगरपालिकामा जैविक प्रविधियुक्त दिगो प्राङ्गारिक कृषि प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारदेखि माटो परीक्षण शिविर सुरु भएको छ ।
कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण एवम् व्यवसायिकीकरण गर्ने लक्ष्यका साथ सुरु गरिएको सो शिविरमा माटो परीक्षणसंगै व्यावसायिक कृषि तथा पशुपालन र बीउ, मल एव्म विषादीसम्बन्धी प्रशिक्षण समेत दिइने छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सो शिविरको उद्घाटनगर्दै यस्ता शिविर र प्रशिक्षणले किसानलाई फाइदा पुग्ने बताए । शिविरमा गहुँ छर्ने तयारीमा रहेका किसानले माटो परीक्षण गराइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३