मङ्लबार, बैशाख २५, २०८१

मध्यरात दवावमा फेरियो भर्मिकम्पोष्ट मलको मापदण्ड

काठमाडौं, कृषि विकास मन्त्रालयमा लामो समयदेखि विवादमा रहेको भर्मिकम्पोष्ट मलको मापदण्ड आइतबार मध्यराती परिवर्तन भएको छ । भर्मिकम्पोष्ट मल उत्पादक सहयोगी संघ नामक दर्ता नभएको संस्थाको लेटर प्याडमा दिएको निवेदनका आधारमा कृषि मन्त्री गौरीशंकर चौधरीलाई दवावमा पारी भर्मिकम्पोष्ट मलको मापदण्ड परिवर्तन गरिएको बुझिएको छ । पछिल्लो समयमा भर्मिकम्पोष्ट मलका नाममा किसानहरुलाई गुणस्तरहीन मल विक्री वितरण गर्न थालेपछि यसको मापदण्डमा माटो व्यवस्थापन निर्देशनालयले कडाई गरेको थियो । ministry-of-agriculture
माटो व्यवस्थापन निर्देशनालयले विगत चारबर्षदेखि रोकेको सो मापदण्ड आईतबार राती परिवर्तन गर्ने निर्णय भएको छ । यस अघि भर्मिकम्पोष्ट मल उत्पादन गर्नका लागि मोस्चर ३० प्रतिशत, नाईट्रोजन १.५ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत र पोटास १.५ प्रतिशत अनिवार्य थियो । अहिले सो मापदण्डमा परिमार्जन गरी मोस्चर ४० प्रतिशत पु¥याइएको छ ।
सो मापदण्डमा अधिकांश भर्मिकम्पोष्ट मल उत्पादकहरुले मल उत्पादन नगरी मापदण्ड विपरित मल उत्पादन गरी विक्री वितरण गरिरहेका थिए । मापदण्ड विपरित उत्पादन भएका भर्मिकम्पोष्ट मल विक्री वितरण रोक्न निर्देशनालयल पटक पटक आग्रह समेत गरेको थियो । मल उत्पादनकहरुले उत्पादन गरेको भर्मिकम्पोष्ट मलको मोस्चर ५० देखि ६० प्रतिशतसम्म देखिएपछि ती मल किसानका लागि कामै नलाग्ने हुन्छ । अहिले मोस्चरका नाममा उत्पादकहरुले पानी बेच्न खोजिरहेको आरोप लागेको छ ।
भर्मिकम्पोष्ट मलको मापदण्ड परिवर्तन गर्नका लागि दिव्य अर्गानिक भर्टिलाईजर चितवनका नरेन्द्र गिरीले कृषि मन्त्रालाई प्रधानमन्त्री मार्पmत दवाव दिएको समेत उच्च श्रोतले बताएको छ । आईतबार राती मापदण्ड परिवर्तन गर्ने विषयमा मन्त्रीकै कार्यकक्षमा छलफल भएको थियो । सो छलफल केही भर्मिकम्पोट मल उत्पादकहरुले केही कलेजका प्राध्यापकहरु समेत लिएर गएका थिए ।
सरकारी निकायमा दर्ता नै नभएको सो भर्मिकम्पोष्ट मल उत्पादक सहयोगी संघ कै दवावमा किसानहरुलाई मार पर्ने गरी कुनै हालतमा पनि मापदण्ड परिवर्तन हुन नहुने अडानमा माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा दवाडी र कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्य देखिएको भएपनि आफूहरुले पेलेरै निणय गराउन सफल भएको सो छलफलमा सहभागी एक प्राध्यापकले कृषिलाई बताए ।
सो छलफलमा कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वर रिजाल, डा. सरोज पोख्रेल, कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीको समेत सहभागिता रहेको भएपनि मापदण्ड परिवर्तन गर्नेमा उनीहरुले सहमति जनाएका थिए । सो सम्वन्धमा भर्मिकम्पोष्ट मल उत्पादनका लागि मापदण्ड परिवर्तन गराउने योजनाकार मानिएका दिव्य अर्गानिक भर्टिलाईजरका नरेन्द्र गिरीले सो बारेमा बैठकमा छु भन्दै फोन काटे ।
अहिले नरेन्द्र गिरी आफूले उत्पादन गरेको मापदण्ड विपरितको भर्मिकम्पोष्ट विक्री नभएपछि सो मल कृषि सामग्री कम्पनी मार्फत विक्री गराउनका लागि दवाव दिन शक्ति केन्द्रमा पुगिरहेको समेत श्रोतले बताएको छ । भर्मिकम्पोष्ट मल उत्पादनका लागि परिवर्तित मापदण्डका लागि माटो व्यवस्थापन निर्देशनालयका जनार्दन खड्काको संयोजकत्वमा समित गठन गरिएको छ । जसमा हिकाष्टका विष्णु भट्टराई र नार्कका श्रीप्रसादलाई सदस्य तोकिएको छ । सो समितिमा हिकाष्टका विष्णु भट्टराईलाई केका आधारमा समितिको सदस्य बनाइएको हो भन्ने विषयमा विवाद उत्पन्न शुरु भएको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३०, २०७३