आइतवार, जेष्ठ ६, २०८१

जुम्लामा ‘स्याउ सुपरजोन’ कार्यक्रम

जुम्ला । कृषि राज्य मन्त्री राधिका तामाङ्ले जुम्लामा स्याउ खेतिका लागि सुपरजोन कार्यक्रम सरकारले सञ्चालन गर्ने बताईन् ।  कर्णाली भ्रमणको क्रममा जुम्लामा आयोजित पत्रकार सम्मेलनका क्रममा स्याउ उत्पादनको लागि जुम्ला प्रख्यात भएकाले सुपरजोन कार्यक्रम सञ्चालन गरिने उनले बताईन् । jumala-apple

मन्त्री तामाङ्गका अनुसार कर्णालीको स्थानीय बालीको संरक्षण र प्रवद्र्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको समेत छ ।  जुम्लामा उत्पादन हुने स्याउ र अन्य कृषिजन्य बालीको संरक्षणमा सरकारले जोड दिने मन्त्री तामाङ्ले बताईन् । कृषि मन्त्रालयले किसानको लागि विभिन्न कार्यक्रमहरु ल्याएको समेत उनले जानकारी दिईन् ।  देशभरका किसानका लागि १८ करोडको वाली विमा, कर्णालीका यूवा लक्षित तथा द्धन्द्ध पिडितका लागि विशेष कार्यक्रम ल्याएको समेत उनले  बताईन् ।

किसानको वर्गीकरण गरि पेनसनको व्यवस्था गर्ने, १० वर्षे कृषि विकास रणनिती बनाई कृषिको आधुनिकिरण र वैज्ञानिक खेतिका लागि कार्यक्रमहरु कृृषि मन्त्रालयले सार्वजनिक गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना स्वीकृत भएकाले कृषि क्षेत्रको विकास हुनेमा राज्यमन्त्रीले ठोकुवा समेत गरिन् ।

जग्गाको चक्ला बन्दि नभइ कृषिको आधुनिकरण हुन नसक्ने भएकाले सरकारले यस तर्फ सोच बनाएको उनले  बताईन् । एक फरक प्रशंगमा मन्त्री तामाङ्गले छिटो छिटो सरकार परिवर्तनका कारण देशको विकास हुन नसकेको उनको कथन छ  ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३०, २०७३