बिहिबार, बैशाख २०, २०८१

डडेल्धुरामा च्याउ खेती

डडेल्धुरा, ३० असोज । डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउखेती सुरु गरिएको छ । तुफानडाँडामा आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरी दैनिक १०० किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय उत्पादन शुरु भएका छ । स्थानी बजारको बढ्दो मागलाई ध्यानमा राखेर करिब रु सात लाखको लगानीमा पहिलो पटक व्यावसायिक च्याउखेती सुरु गरिएको व्यवसायी तिलक हमालले बताएका छन् । mushroom
डडेल्धुरासहित छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ तीन जनाको सयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसाय सुरु गरिएको अर्का व्यवसायी केशव महताले कृषिअनलाइनलाई बताए ।
कम लागानी र थोरै परिश्रममा राम्रो आमदानी लिन सकिने भएकाले च्याउखेती तर्फ आर्किर्षित भएको उनको कथन छ । च्याउखेतीका लागि सात जनाले रोजगारी प्राप्त गरेको बताउँदै उनले वार्षिक करिब रु ४० लाखदेखि ४५ लाखसम्मको च्याउ उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएको जानकारी समेत दिए । यसवाट वार्षिक रु १० लाखदेखि रु १५ लाख सम्मको नाफा हुने अनुमान उनको छ ।

प्रकाशित मिति: आइतवार, अशोज ३०, २०७३