बिहिबार, बैशाख २०, २०८१

कृषि, पशुपन्छी र बन मन्त्रालका सचिव हेरफेर

udaya thakurUtam kumar bhatraik

काठमाडौं , ३० भाद्र । अघिल्लो मन्त्रीपरिषद्को वैठकले १२ जना सचिवहरुको सरुवा गर्दा पनि विशिष्टिकरण –क्लष्टर) मा रहेका कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय र बन मन्लालयमा कार्यरत सचिवहरुको भने सरुवा गरिएको थिएन । ती मन्त्रालयमा रहेको सचिवहरुको अवकाश हुन थोरै समय भएकाले सरुवा नभएको हो कि भन्ने आंकलन गरिएको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको पूर्व सन्ध्यामा बसेको मन्त्रिपरिषद्ले कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईलाई पशुन्छी विकास मन्त्रालयमा सरुवा गरेको छ ।
कृषि विकास मन्त्रालयको सचिवमा भने बन मन्त्रालयमा रहेका सचिव उदयचन्द्र ठाकुरलाई ल्याइएको छ । त्यसै गरी पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेललाई भने पशुपन्छी विकास मन्त्रालयबाट बन मन्त्रालयमा सरुवा गरिएको छ ।-ज्ञानीमाया गलान

प्रकाशित मिति: बिहिबार, भदौ ३०, २०७३