मङ्लबार, बैशाख २५, २०८१

कृषि मन्त्री भन्छन् नक्कली किसानले अनुदान लगे

काठमाडौं, भाद्र । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले नक्कली किसानहरुले कागजी खेती गरेर कृषि विकास मन्त्राल र मातहतका आयोजना मार्फत गराएका अनुदान हात पारेको खुलासा गरेका छन् । काठमाडौंमा आयोजित इजरायलबाट फर्केका युवाहरुद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।gaurisankar-chaudhari
कृषि विकास मन्त्रालयले प्रदान गर्ने अनुदान होस् वा मन्त्रालय मातहतका निकाय एवं आयोजनाहरुबाट व्यवसायिक कृषिका नाममा उपलब्ध गराउंदै आएको अनुदान कागजी प्रक्रिया मिलाउन जान्ने र पहुंचवर्गको हातबाट वास्तविक किसानसम्म पुग्न नसकेको बताए । वास्तविक किसानसम्म पुग्नु पर्ने अनुदान टाठाबाठाहरुले नै कब्जा गर्ने भएकाले पनि सिमान्तकृत किसानसम्म राज्यको पहुंच पुग्न नसकेको समेत मन्त्री चौधरीले बताएका छन् ।
इजरायलबाट कृषि तथा केयर गिभरका रुपमा काम गरेर फर्केकाहरुलाई कृषि उत्पादनमा लगाउन कृषि मन्त्रीले आफ्नो कार्यकालमा के के कार्ययोजना गर्ने छन् त्यो भने हेर्न वाँकी छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ३०, २०७३