मङ्लबार, बैशाख २५, २०८१

नेपाली अदुवा निर्यातमा भारत झुक्यो

काठमाडौं, भाद्र । आफ्नो अनुकुल नभए विभिन्न खाले आरोप लगाउन खप्पिस रहेको छिमेकी राष्ट्र भारतको कुटनीति पछिल्लो समयमा पनि फेल खाएको छ । आफ्नो मुलुकमा अदुवाको उत्पादन नहुंदा जस्तो सुकै अदुवा पनि लैजाने गरेको भारतले अहिले नेपाली अदुवामाथि गिद्दे नजर परिेपछि विदेश निर्यात भईरहेको नेपाली अदुवा ११ दिनसम्म थन्काएर राख्नु प¥यो । अन्तत ः भारतले जे आरोप लगाउरु नेपाली अदुवाम निकासी गर्न रोक लगाएको थियो त्यो झुठ सावित भएको छ । नेपाली अदुवामा भारतले भने जस्तो अत्यधिक विषादी प्रयोग नगरिएको भारतकै खाद्य विभागले पुष्टि गरिदियो । फलस्वरुप शुक्रबारदेखि नेपाली अदुवा भारत र सोही मार्ग हुंदै विभिन्न मुलुकमा निर्यात शुरु भयो । जसका कारण भारत नेपाली अदुवा निर्यात गर्नका लागि पु¥याउन खोजेको अवरोधमा चुकेको छ । if
खान अयोग्य विषादी प्रयोग गरिएको निहुंमा भारतले नेपाली अदुवा निकासीमा ११ दिनसम्म रोक लगायो । तर नमुना जाँचका लागि भारत लगिएको १० क्विन्टल अदुवामा कुनै विषादी नदेखिएपछि भारतले पुनः निर्यात खुला गर्न वाध्य भएको छ । नेपाली अदुवाको नमुना परीक्षणका लागि १० क्विन्टल अदुवा पठाई भारतको खाद्य विभागले माग गरेपछि नेपाली व्यवसायीले सोही परिमाणमा अदुवा परीक्षणका लागि भारत पठाएका थिए ।
प्रतिबन्ध हटेपछि शुक्रबार २४ गाडी अदुवा भारत पठाइएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले जनाएको छ । भदौ १५ गतेदेखि भारतले नेपाली अदुवा निर्यात रोकेपछि विशेष गरी पूर्वी नेपालका अदुवा किसान मारमा परेको थिए । भारत निर्यात नहुँदा किसानले ठूलो क्षेत्रफलमा लगाएको अदुवा नै कुहिएर जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनीहरु निर्यात खुलाउने पहल गर्न सरकारसँग माग गरिरहेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७३