बुधबार, बैशाख २६, २०८१

दुग्ध विकास बोर्डको डेढ करोड कर्राप्पै

काठमाडौं, भाद्र । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलासप्रसाद ढुङ्ेलले बोर्डको अध्यक्ष नभएको मौका पारी आर्थिक चलखेलमा आफू निकट डेरी उद्योगहरुलाई ५० लाख रुपैयां कर्जा स्वरुप भन्दै वितरण गर्नका लागि सिफारिस गरेका छन्  । पशुपन्छी विकास मन्त्रालय छुट्टै राख्ने कि कृषिमा गाभ्ने भन्ने अझै टुङे नलागिसकेको अवस्थामा कार्यकारी निर्देशक ढुङ्ेलले आफूखुशी वैठक डाकी तीनवटा डेरी संस्थाहरुलाई ५० लाख कर्जाका स्वरुप प्रवाह गर्ने भन्दै वितरण गर्नका लागि निर्णय समेत गरिसकेका छन् । dhungel
बोर्डका कार्यकारी निर्देशक ढुङ्ेलले २०७३ भाद्र २३ गते(निर्णय पुस्तिकाको फोटोकपी संलग्न) आफ्नै अध्यक्षतामा वैठक बसाली खासुर एग्रो प्रोडक्ट लमजुङका नाममा २० लाख, विन्दवासिनी डेरी उद्योग बुढानिलकण्ठका नाममा १० लाख र श्रमजिवी कृषिसहकारी संस्था रौतहटका नाममा २० लाख रुपैयां कर्जा प्रवाह गर्ने निर्णय गराउन सफल भएको छन् । पशुपन्छी विकास मन्त्रीको अध्यक्ष रहने दुग्ध विकास बोर्डका कार्यकारी निर्देशकले मन्त्री नै नआईसक्दै आफ्नै अध्यक्षतामा वैठक राखेर आर्थिक चलखेल गर्न का लागि सो रकम वितरण गर्न लागिएको श्रोतले बताएको छ ।
त्यत्तिमात्र होइन उनले विगतमा बोर्डबाट कर्जा लिएर हालसम्म पनि सावां व्याज समेत नतिरेको कालिन्चोक, काउफार्म एण्ड रिसर्च सेण्टरलाई समेत करीव एक करोड कर्जा प्रवाह गर्नका लागि पशुपन्छी विकास मन्त्रालयको कानूनी राय मागि कर्जा प्रवाह गर्न खोजिरहेका आरोप उनलाई लागेको छ । सो कालिञ्चोक काउ फार्मले २०६३ सालमा २४ लाख कर्जा लिएर गएपनि काम समेत नगरी हालसम्म पनि बोर्डलाई बुझाउनु पर्ने रकम बुझाएको देखिंदैन । बोर्डबाट लिएर गएको कर्जाको सांवा तथा व्याज समेत नतिरेको कालिञ्चोक काउ फार्म घाटामा सञ्चालन भईरहंदा पनि फाइदा भएको अडिट रिपोर्ट देखाएर विगतदेखि नै राजनीतिक आडमा फार्म सञ्चालकले बोर्डलाई शेयर हाल्न सफल भएका थिए । घाटामा रहेको र सञ्चालन गर्न नै हम्मे हम्मे परेको सो फार्मको शेयर झिक्नु पर्नेमा अझ कर्जा प्रवाहका लागि पशुपन्छी विकास मन्त्रालयको कानूनी राय पठाउनुको कारण के हो ? बोर्डले सो फार्मबाट शेयर झिक्नु पर्दछ कि पर्दैन ? कालिञ्चोक काउ फार्मले विगतमा लिएको कर्जा नै फिर्ता नगरिरहेको अवस्थामा उसलाई किन कर्जा प्रवाह गर्नका लागि राय लिन खोजिएको हो ?
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेको पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको बोर्डका कार्यकारी निर्देशक अहिले मन्त्री नआउंदै कागजी प्रक्रिया मिलाएर कर्जा प्रवाह गरी राज्यको सम्पत्ति डुबाउने षडयन्त्रमा लागेका आरोप बोर्डका सदस्यहरुले नै लगाउन थालेका छन् । पशुपन्छी विकास मन्त्रालय गठन भए लगतै तात्कालिन पशुपन्छी विकास मन्त्री शान्ता मानवीका पालामा नियुक्त भएका ढुङ्ेले दोस्रो संविधानसभामा एमालेका तर्फबाट रामेछापबाट उम्मेदार रहेका थिए । अहिले ढुङेलले मन्त्री नभएको मौका छोपी कालो सूचिमा राख्नु पर्ने कालिञ्चोक काउफार्मलाई सेटिङ् मिलाएर एक करोड रुपैयां कर्जा प्रवाह गर्नका लागि मन्त्रालयमा कानूनी राय मागिरहेका छन् आखिर किन ? दशबर्षसम्म कर्जाको सांवा व्याज नतिर्ने कालिञ्चोक काउ फार्मलाई रकम भराउन तिर लाग्ने हो कि अझ कर्जा प्रवाह गर्न तिर लाग्ने हो ?
यस्ता निर्णयहरुमा प्रति माउ मन्त्रालय पशुपन्छी विकास मन्त्रालयका सचिवको ध्यान पुग्न सकेको छैन भने प्रधानमन्त्री दाहालले सो मन्त्रालयलाई ध्यानै दिएका छैनन् ।

प्रकाशित मिति: आइतवार, भदौ २६, २०७३