मङ्लबार, बैशाख २५, २०८१

किसानलाई पेन्सन दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, भाद्र । प्रधानमन्त्री भएपछि पहिलो पटक व्यवस्थापिका संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणमा जोड दिएका छन् ।

Prime Minister candidate and Chairman of the Unified Communist Party of Nepal (Maoist) Pushpa Kamal Dahal, also known as Prachanda, speaks at the parliament during the prime ministerial election at the parliament in Kathmandu, Nepal on Wednesday, August 3, 2016. Photo: Reuters
व्यवस्थापिका–संसदको विहीबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै वर्षदेखि किसानका लागि पेन्सन कोष खडा गरिने र कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष ध्यान दिइने बताए ।

सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेट वक्तव्यमार्फत् किसानलाई पेन्सन उपलब्ध गराउने घोषणा गरेको हो ।
उनले कृषि बिमामा ७५ प्रतिशत अनुदान दिइने र पशुपक्षी, माछा र मौरीपालन विस्तार गरिने पनि बताए ।
सहकारी खेतीमार्फत् चक्लाबन्दीमा खेती गर्नेलाई कृषि सामग्री, मल, बीउ, प्राविधिक सेवा, तालिम र यान्त्रिकीकरणमा अनुदान दिने सरकारको नीति रहेको उनले स्पस्ट पारे ।
कृषकको आयआर्जन बढाउन राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि सारिएका सिक्टा, रानी जमरा कुलरिया र बबई सिँचाइ आयोजनालाई आवश्यकताअनुसार बजेट विनियोजन गरिने उनले बताए ।कुल गार्हस्थ्य
उत्पादनको करिब ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रसँग झन्डै दुईतिहाइ जनता आबद्ध छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २३, २०७३