आइतवार, जेष्ठ ६, २०८१

कृषि अर्थ विज्ञ पद्धयोतीलाई निजामती सेवा पुरस्कार

काठमाडौं, भाद्र । नेपाल सरकारले निजामती दिवसका अवसरमा प्रदान गर्दै आएको निजामती कर्मचारी पुरस्कारपाउने कर्मचारीहरुको नाम सार्वजनिक गरेको छ ।yadav padyoti मुलुकभर निजामती सेवामा कार्यरत कर्मचारीहरु मध्येबाट ४१ जनालाई प्रदान गर्न लागिएको सो पुरस्कार कृषि विकास मन्त्रालयका कृषि अर्थ विज्ञ यादव पद्धयोतीले पाउने भएका हुन् ।
तेह्रौं निजामति सेवा दिवसका अवसरमा सरकारले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारले पद्धयोती लगायत ३० जना कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
सरकारले हरेक बर्ष भदौ २२ गतेलाई निजामति सेवा दिवसका रुपमा मनाउने गरेको छ ।

सरकारले थप १० जना कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ । निजामति सेवा दिवसका अवसरमा सरकारले बुधाबार बिशेष कार्यक्रमका वीच उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मङ्लबार, भदौ २१, २०७३