मङ्लबार, बैशाख २५, २०८१

विषादी मिसिएका लाखौं रुपैयांका केरा नष्ट

सप्तारी, भाद्र । काठमाडौंमा विषादी प्रयोग गरिएका तरकारीहरु नष्ट गरिएको समाचारहरुको प्रभाव यतिखेर सप्तरी जिल्लामा पनि पर्न थालेको छ । banaanaaaaतरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग गरिएको भएपनि त्यसलाई चेकजांच गर्ने मेशिन नभएकै कारण जिल्लामा आम उपभोक्ताहरुले जस्तोसुकै फलफूल तथा तरकारी उपभोग गर्नु पर्ने वाध्यता रहेको छ । उपभोक्ताहरुले वाध्यतामा अखाद्य बस्तु खान परिरहेको उजुरी पटक पटक गरेपनि त्यसको कार्यान्वयन नभईरहेका बेला फलफूलमा कार्वाइड मिसावट गरिएको फलफूल विक्री भईरहेको गुनासो बढेपछि संयुक्त बजार अनुगमन समिति सप्तरीले फलफूल गोदाममा छापा मारेको छ । छापा मारिएको फलफूल गोदामबाट एकलाख दश हजार मूल्य बराबरको खान अयोग्य कार्वाइड मिसाइएको केरा भेटिएपछि त्यसलाई नष्ट गरिएको छ । अनुगमन टोलीले राजविराज ७ स्थित छ वटा फलफूल गोदाममा छापा मारेको थियो ।

प्रकाशित मिति: आइतवार, भदौ १९, २०७३