आइतवार, जेष्ठ ६, २०८१

करोडौँको अदुवा गोदाममै कुहिने अवस्थामा

काठमाडौं । मारमा परेका छन् । चिनियाँ अदुवा नेपाल हुँदै भारत गएपछि त्यो चिनियाँ अदुवामा हानिकारक विषादीको मात्रा र सङ्क्रमण भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निर्यात हुन रोकेपछि किसान र व्यापारी मारमा परेका हुन् ।
अदुवा निकासी बन्द हुँदा करोडौँको अदुवा गोदाममै नष्ट हुन लागेको बिब्ल्याँटेका व्यापारी गोविन्द पौडेलले बताए । माऊ झिकेर बिक्री गर्ने मुख्य याममै भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका अदुवा किसान समस्यामा परेका छन् ।
यस्तै नयाँबजार, फिक्कल, हर्कटे, मङ्गलबारे, नेपालटार, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्रमा सङ्कलन भएको अदुवा पनि गोदाममै थन्किएको छ । यहाँको अदुवा भारतीय बजार नक्सल, बैंगलोर र सिलिगुडीमा बिक्रीका लागि लैजाने गरिएको थियो ।

प्रकाशित मिति: सोमवार, भदौ २०, २०७३