मङ्लबार, बैशाख २५, २०८१

भ्याली कोल्ड स्टोरको मासु शंकाको घेरामा ?

काठमाडौं, भाद्र । केही साता अगाडि कृषि सचिव उत्तमकुमार भट्टराईले भारतीय नाकाबाट क्वारेण्टाइनमा चेक जांच नै नगरी खाद्यान्न भित्रिरहेकाले त्यसलाई रोक्नु पर्ने र भन्सार कार्यालयले क्वारेण्टाइनका कर्मचारीहरुबाट प्रमाणित गराएर मात्र खाद्य सामग्री आयात गर्नु पर्ने अडान राखेकै कारण अहिले भन्सार कार्यालयले पशु तथा कृषिका क्यारेण्टाइनका कर्मचारी राख्ने मौखिक सहमति दिएको बताइएपनि अझै नाकामा त्यस्ता प्राविधिक कर्मचारीलाई काम गर्न दिएको छैन । तर नेपालभित्रैबाट एक जिल्लाबाट अर्को जिल्लामा पशुपन्छी ओसार पसारका लागि दिइने अनुमति पत्र (भेटेरिनरी प्रमाणपत्र) नै नक्कली बनाई लामोसमयदेखि पशुपन्छी काठमाडौंमा भित्रिरहेका छन् भन्ने प्रमाणित भएको छ । valley
पशुपन्छीको स्वास्थ्य परिक्षण गरी स्वस्थ पशुपन्छीलाई मात्र काठमाडौं भित्रयाउन त्यस्ता प्रमाणपत्रका आधारमा पशुपन्छी भित्रिने गरेको भएपनि विगतदेखि नै नक्कली भेटेरिनरी प्रमाणपत्रका आधारमा पटक पटक मरेका वा रोग लागेका पशुपन्छी काठमाडौं भित्रिएको अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा मासुजन्य प्रयोजनका लागि नुवाकोटबाट काठमाडौं
भित्रिदै गरेका कुखुराको स्वास्थ्य परिक्षण गरिएका भन्दै नक्कली भेटेरिनरी प्रमाण पत्र अनुगमन टोलीले कब्जा गरेपछि यसको रहस्योद्घाटन भएको छ । विगतमा स्वस्थ पशुका नाममा नक्कली प्रमाण पत्र बनाएर पशुपन्छी विभत्रयाउने गरिएको यसले पुष्टि समेत गरेको छ ।
काठमाडौंमा कुखुराको मासु व्यवसाय गर्ने उत्कृष्ट कोल्ड स्टोरका रुपमा परिचित भ्याली कोल्ड स्टोरका नाममा आएका ४ सय ५० कुखुरा समेत नक्कली भेटरिनरी प्रमाण पत्रका बनाई भित्रयाईरहेको अवस्थामा बरामद गरिएको थियो । यसरी नक्कली भेटेरिनरी प्रमाणपत्र बनाई पशुपन्छी ओसार पसार किन भयो ? कसले नक्कली प्रमाणपत्र बनायो ? भन्ने कुराको छानविन गर्ने काम पशुपन्छी विकास मन्त्रालयले सम्वन्धित निकायको हो ? नेपाल भेटेरिनरी एशोसिएसन र महानगरी प्रहरी प्रभाग नागढुङ्गाको सहकार्यमा अनुगमनका क्रममा फेला परेको भेटेरिनरी प्रमाणपत्रमा अमेरिकामा रहेका डा सुभाष सिवाकोटीको नाममा रहेको दर्ता नं प्रयोग गरिएको पाइएको छ । सिवाकोटीको नाममा फर्जी प्रमाणपत्र बनाई पशुपन्छी ओसार पसार कार्यमा संलग्न हुनेलाई कार्वाही हुन्छ कि हुंदैन त्यो भने हेर्न वांकी छ ।
सवैको अांखामा चर्चित बनेको भ्याली कोल्ड स्टोर प्रालिले नुवाकोटबाट आयात गरी विक्री वितरण गर्ने गरेको कुखुरा स्वस्थ छ भन्ने प्रमाणपत्र नै अमेरिकामा तीन बर्षदेखि बस्दै आएका पशु चिकित्सकका नाममा नक्कली हस्ताक्षर र प्रमाणपत्रका आधारमा आयात गरी त्यसलाई स्वस्थ मासुका रुपमा विक्री वितरण गर्ने भ्याली कोल्ड स्टोर, निकासीगर्ने पोल्ट्री फार्म समेतलाई कार्वाही होला कि नहोला ? पशुपन्छी विकास मन्त्रालयको स्वस्छ र स्वस्थ मासु उपभोक्तासम्म पु¥याउने प्रतिवद्धता कहां पुग्ला कुन्नी ?

प्रकाशित मिति: आइतवार, भदौ १२, २०७३