बुधबार, बैशाख २६, २०८१

कहिले पाउला पशुपन्छी मन्त्रालयले मन्त्री

काठमाडौं, भाद्र । केपी ओलीको नेतृत्वको सरकारका पालामा कृषि विकास मन्त्रालय विभाजित भएर बनेको पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म पनि मन्त्री पाउन सकेको छैन । पुष्पकमल दाहाल नेतृत्वको सरकारले चौथोपटक मन्त्रीपरिषद् विस्तार गर्दा पनि पशुपन्छी विकास मन्त्रालयले मन्त्री पाउन सकेन । ओलीले फुटाएको मन्त्रालय कुनै हालतमा पनि एकै ठाउंमा ल्याउनु पर्दछ भन्ने अभिव्यक्ति माओवादीको नेताहरुले नै सार्वनिक रुपमा नै गर्न थालिसकेका छन् । यसले के देखाउंछ भने दाहाल नेतृत्वको सरकारलाई मन्त्रालय गाभ्ने नि नगाभ्ने भन्ने दोधार परिरहेको छ । pasu mantralaya kri
पार्टी निकट किसान संगठनका नेताहरु कृषि विकास मन्त्रालयमै पशुपन्छी विकास मन्त्रालय मर्ज गर्नु पर्दछ भन्दै लविङ्ग गरिरहेका छन् एकातिर भने अर्कोतिर सरकार निर्माणका क्रममा माओवादी र कांग्रेसवीच पनि मन्त्रालय मर्ज गर्ने सहमति भएकाले पनि मर्ज हुन्छ कि भन्ने आशंका मात्र देखिएको छ । तर मन्त्रालयले मर्ज गर्ने हो भने तुरुन्त गर्नु पर्ने थियो चौथो पटक मन्त्रीपरिषद् निर्माण हुँदा समेत पशुपन्छी विकास मन्त्रालयले मन्त्री नपाउंदा भने यो सरकार मन्त्रालय गाभ्ने तयारीमा छ कि भन्ने शंका उत्पन्न भएको छ ।
सरकारले मन्त्रालय गाभ्ने वा नगाभ्ने निर्णय लिन ढिलाई गर्नाले पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सचिवदेखि गाउंतहसम्म रहेका पशु सेवा कार्यालयका कर्मचारी समेत अन्यौलमा परिरहेका छन् । सरकार निर्माण भएको यति लामो अवधिसम्म पनि मन्त्रालयलाई अन्यौलमा राखिदा मन्त्रालयले गर्ने काममा समेत समस्या पर्न थालेको देखिन्छ । दाहाल नेतृत्वको सरकारले मन्त्रालय गाम्भने भए तत्काल गाभ्ने नभए पशुपन्छी विकास मन्त्रालयमा तत्काल मन्त्री पठाउनुको विकल्प छैन ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३