शनिबार, बैशाख १५, २०८१

किसानको लागि उन्नत विऊको कोठे सार्वजनिक सुनुवाई

बुटवल, भाद्र । नाम एउटा काम अर्के भएपछि कस्को ले लाग्छ र ? । गत शुक्रवार १४ गते बुटवलमा एउटा फरक खालको सार्वजनिक सुनुवाई सम्पन्न भयो । सार्वजनिक सुनुवाई भनेपछि सेवा प्रदायक संस्था र सेवालिने व्याक्तिहरुका विचमा भए गरेका गुनासाहरुलाई अन्तरक्रिया गरिन्छ । तर बुटवलमा गत शुक्रवार दिउसो करिव १ बजे फरक प्रकृतिको सार्वजनिक सुनुवाई भयो । त्यो पनि बुटवलको महंगो रेष्टुरेन्टमा । kubkसामान्य तया कुनै पनि सार्वजनिक खुल्ला स्थानमा सेवा प्रदान गर्ने संस्था र सेवा लिने व्याक्तिहरुको विचमा गर्ने गरिन्छ । तर बुटवलमा फिल्ड कार्यालय भएर लुम्बिनी अञ्चलका २ जिल्ला र राप्ती अञ्चलका ४ जिल्लामा कार्यक्षेत्र भएको कृषि विकास मन्त्रालय मातहतमा रहेको किसानका लागि उन्नत विउ विजन कार्याक्रमले सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम बुटवलको महंगो होटल होटल सिद्धार्थ कजेट एण्ड रेष्टुरेन्टमा गरेको हो । शुक्रवार दिउसो करिव १ बजे पत्रकार र कार्यालयमा कार्यरत कर्मचारीहरुको बर्चस्व रहेको कार्यक्रममा केही प्रतिनिधि सरकारी कार्यालयका व्यक्तिहरुलाई समेत सहभागी गराइएको थियो । किसानका लागि उन्नत विउ विजन कार्यक्रम नामक परियोजना नेपाल सरकारको कम लागानी र विदेश हरियो डलरवाला आई एनजीओको बढि लगानी भएको परियोजना हो । विदेश डलबाट चलेको संस्थाले कुनै पनि किसानहरुको सहभागिता विना आफ्ना कार्यालयका कर्मचारी र केही सिमित पत्रकारहरुलाई महंगो होटलमा बोलाएर सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
ठुलो हरियो रंग पोतेको ब्यानर बनाइएको कार्यक्रममा स्पष्ट रुपमा नै सार्वजनिक सुनुवाई कार्यक्रम भनेर उल्लेख गरिएको थियो । कार्यक्रममा २ जना पत्रकारहरुबाट निम्तो पाएर सहभागी हुन गएका एक जना स्थानीय मिडियाका पत्रकार भन्दै थिए, खोई सार्वजनिक सुनुवाई रे , हाम्लाई त पत्रकार सम्मेलन भनेर बोलाइएको थियो । उनी व्यानरमा सार्वजनिक सुनुवाई लेखेको देखेपछि केही बरिष्ठ पत्रकारहरुले समेत गाईगुई गरेका थिए ।
परियोजना प्रमुखको रुपमा रहेर सेतो नम्बर प्लेटको कार चढ्दै कार्यक्रम स्थलमा पुगेका परियोजना प्रमुख लक्ष्मण पौडेलले पत्रकाररुलाई यसो गरी समाचार लेख्नु, उसो गरी समाचार लेख्नुसम्म भन्न भ्याए । कार्यक्रमम सञ्चाललले पत्रकारहरुको लागि सुरुमै खाजा र खामको समेत व्यवस्था भएको भन्न भ्याएका थिए ।
कार्यक्रममा आमन्त्रण गरिएका ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले कार्यक्रम सुरु भएको केही समययमा उपस्थित भएका थिए । उनलाई आयोजक संस्थाले सहायक प्रमुख जिल्ला अधिकारी भन्दै आशन ग्रहण गराएका थिए ।
गत आर्थिक बर्षमा किसानको लागि उन्नत विउ विजन कार्यालय बुटवलको बजेट करिव ८४ करोड रहेको थियो । यो आर्थिक बर्षमा बजेटको आकार बढेर झण्डै डेढ करोड अर्थात १ करोड २७ लाख रुपैया पु¥याइएको छ ।
किसानको लागि लुम्बिनी अञ्चलका गुल्मी र अर्घाखाँची जिल्ला र राप्ती अञ्चलका प्युठान, रोल्पा, रुकुम र सल्यान जिल्लामा आफ्नो कार्य क्षेत्र रहेको छ । तर फिल्ड कार्यालय भने बुटवल १३ योगीकुटीमा राखिएको छ । एसि जडित कार्यालयमा बसेर पहाडी जिल्लाका कार्यक्रम योजना बनाउने उक्त कार्यालयमा करारमा कर्मचारी नियुक्त गर्दा समेत घोटाला भएको थियो । लिखित परिक्षामा १ नम्बरमा नाम निकाल्ने उम्मेदवारलाई पहुचको आधारमा पछाडि पारेर दोस्रो नम्बरमा नाम निकालेका व्यक्तिलाई कार्यालयले जागिर दिएको थियो त्यो पनि पहुचकै आधारमा ।
गत शुक्रवार आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा सोही कार्यालयका ३ जना अफिसर लेवलका व्यक्तिहरुले आफ्नो कार्यालयले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी भएका ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले यो कार्यक्रम बुटवलमा रहेको भन्ने बारेमा आफुलाई पहिलो पटक थाहा पाएको समेत भन्न भ्याएका थिए ।
कोस तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढि बेरुजु र बजेट फ्रिज भएको कार्यालयको रुपमा पर्ने किसानका लागि उन्नत विउ विजन कार्यालयले उक्त कार्यक्रममा पत्रकार तथा आमन्त्रितहरुलाई राम्रै खामबन्दी दिएको थियो ।
१ हजार रुपैयामा कर कट्टी गरि बाढिएको रकममा केही पत्रकारहरुले पनि किन काटेको सम्म भन्न भ्याएका थिए । सुरुमै भत्ता बुझेर टाप कस्ने केही पत्रकारहरुलो खाम बन्दी बुझेर हिडेका थिए भने कार्यक्रममा खाजाको रुपमा ललिपप, मःम र अन्य रक्सीमा खाने भट्मास र गेडागुडीको मिक्स चटपटे समेत समावेश गरिएको थियो ।
किसानको लागि काम गर्ने भन्दै खोलिएको कार्यालयले लली पप र मःम सहितको हेवी नास्ता र खामबन्दी रार्मै टकराएपछि केही टपरे सहभागीहरु भने हौसिएका थिए भने केही पाका पुस्ताका पत्रकारहरुले भने किसानको लागि होकी काम गरेको हाम्रो लागि भन्दै व्यांग समेत हानेका थिए ।एक जना सहभागीले भने– हैन खाजा त डरलमै ल्याएकी क्या हो हेवि नै छ है ।
कार्यक्रममा विभिन्न कार्यलयका प्रमुख तथा प्रतिधिहरुलाई आमन्त्रण गरिएको भएपनि अधिकांस कार्यालयका व्यक्तिहरुले कार्यक्रममा उपस्थिती जनाएनन् । ईलाका प्रशासन काार्यलय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारी, जिल्ला पशु विकास कार्यालय भैरहवाका प्रमुख डा. गान्धीराज उपाध्यायलाई कार्यक्रममा बोल्ने मौका समेत दिइएको थियो । तर सोही कार्याक्रममा निम्तो पाएर गएका जिल्ला कृषि विकास काार्यलय भैरहवाका बाली विकास अधिकृत राम बहादुर खत्रीलाई आयोजकले चिन्न पनि सकेन् । दर्शक दिर्घाबाटै उनी विदा भए भने दुग्ध विकास संस्था बुटवलका नयाँ हाकिम गणेश जिसी कार्यक्रममा आयोजकले बोल्ने मौका नदिए पनि आफै माईक समाएर बालेका थिए
कार्यक्रममा सहभागी कतिपयले कार्यक्रममा किसानको लगि उन्नत विउ भन्दा पनि हाकिमहरुको जिउ भएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३