शनिबार, बैशाख १५, २०८१

अख्तियारलाई कृषि सचिव भट्टराईको चुनौति

काठमाडौं । कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले नेपाल कृषि अनुसन्धान परिषद्ले तयार गरेको विनियमावली माथि अख्तियारले प्रश्न उठाइको भन्दै रोष व्यक्त गरेका छन् ।uttam-bhattaria मन्त्रालयले आयोजना गरेको पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको विदाई कार्यक्रममा बोल्दै सचिव भट्टराईले अख्तियारले विनियमावली फिर्ता गरी हस्तक्षेप गर्न खोजेको भन्दै अख्तियारमाथि नै प्रश्न उठाएका छन् । हामीले बनाएको विनियमावलीमाथि हस्तक्षेप गर्नाले परिषद्को कार्यलार्य व्यवस्थापन गर्न असहज भएकोले त्यसको जिम्मेवारी अख्तियारले लिने कि नलिने भन्ने प्रश्न गरेका थिए । उनले अख्तियारले जे मन लाग्यो त्यही गर्नाले कतिपय काम गर्न असहज भएको बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन ३२, २०७३