बुधबार, बैशाख १९, २०८१

पाँच मिनेट मै सके कृषि मन्त्रीले धम्कीपूर्ण निर्देशन

काठमाडौ । नयां कृषि मन्त्रीको निर्देशन सुन्न आतुर कृषि विकास मन्त्रालयका कर्मचारीहरु तोकिएकै समयमा अर्थात दिउंसो २ बजे हलभरी जम्मा भईसकेका थिए । तर केही ढिलो गरी आएका कृषि विकास मन्त्री गौरीशंकर  चौधरीले थोरै समय अर्थात पांच मिनेट मै आफ्नो निर्देशन कर्मचारीहरुलाई थिए र उनी सभाहलबाट बाहिरिए । मन्त्री चौधरीले निर्देशनको शुरुवात मै मन्त्रालय मातहत कुनै पनि कार्यालयले विदेश जांदा होस् वा योजना कार्यक्रम वितरण गर्दा विभागिय प्रमुख मार्फत आफू कहाँ नआए कार्वाही गर्ने धम्की समेत दिएका छन् । Gauri sankar
उनले कर्मचारीहरुलाई दलको संगठन बलियो छ भन्दैमा आफ्नो ढंगले अगाडि नबढ्न निर्देशन समेत दिएका छन् । उनले सातदिन भित्र तत्काल मन्त्रालयले गर्ने कामका बारेमा योजना बनाउन समेत धम्कीपूर्ण तरीकाले निर्देशन दिएका छन् । बजेट वक्तव्यमा नआएको किसान पेन्सनको कुरालाई जोड दिंदै उनले चार महिना भित्र किसानका लागि पेन्सनका कुराको फाइललाई अन्तिम रुपम दिएर आफूलाई पेश गर्न सहसचिव एवं सचिवलाई समेत निर्देशन दिए । मन्त्री चौधरीले दिएका निर्देशन कार्यान्वय होला ?

प्रकाशित मिति: आइतवार, साउन ३०, २०७३