आइतवार, बैशाख २३, २०८१

३८ लाखको कृषि हाम्रो जीवनमा कमिशनको खेल

काठमाडौं । किसानहरुलाई विभिन्न विषयमा जानककारी दिने भन्दै तात्कालिन कृषि मन्त्री हरिबोल गजुरेलले शुरु गरेको किसान कल सेण्टर अस्तव्यस्त छ । दुरदराजका किसानहरुले आईतबार, मंगलबार र बिहिबार दिनभर आफ्ना समस्या राख्न सक्नेगरी सो किसान कल सेण्टर स्थापना गरिएको भएपनि आर्थिक अभाव भएको भन्दै कृषि विकास मन्त्रालय मातहतमा रहेको कृषि सूचना तथा सञ्चार केन्द्रले कल सेण्टरलाई व्यवस्थित गर्न सकेको छैन । तर, त्यही कृषि सूचना तथा सञ्चार केन्द्रले किसानहरुका लागि सूचना तथा प्रविधि विस्ताका लागि भन्दै गत आर्थिक बर्षमा छुट्याएको ५० लाख बजेटमा करीव १२ लाख किसान कल सेण्टर खर्च गरी वाँकी रहेको ३८ लाख नेपाल टेलिभिजनमा कार्यक्रम प्रशारण गर्ने भन्दै आर्थिक चलखेलका कारण सम्झौता गरी सकाएको छ । krisi jiban
२०७३ आषाढ मसान्तमा आएर नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने र किसानसँग फोनमा कुरा गर्ने सोचले २४ श्रृखलाको ३८ लाख खर्च गरी कृषि हाम्रो जीवन कार्यक्रम उत्पादन गरिरहेको छ । किसानका लागि भन्दै हरेक हप्ता मंगलबार १ बजे प्रशारण शुरु गरिएको भएपनि अहिले समय परिवर्तन गरी शुक्रबार १ बजे गरिएको छ छ । नेपाली किसानहरु मध्य दिनमा नेपाल टेलिभिजन हेर्न वस्लान् कि खेतका काम गर्न व्यस्त होलान् । कृषि सूचना सञ्चार विज्ञहरुले राम्रै बुझेका होलान् ।
सो कार्यक्रम नेपाल टेलिभिजनमाबाट प्रत्यक्ष प्रशारण गर्ने र किसानहरुसंग रेडियोको फोन इन कार्यक्रम जस्तै प्रशारण गर्न थालेपछि केन्द्रभित्रै ठूलो विवाद भएको बताएको छ । विवादका बाबजुत पनि सो कार्यक्रम टेलिभिजनको व्यापार शाखाबाट एजेन्सीले पाउने १५ देखि २० प्रतिशत कमिशनको लोभमा प्रति श्रृखला करीव १ लाख ५८ हजार नेपाल टेलिभिजनलाई प्रशारण शुल्क तिरेर आर्थिक बर्षको अन्त्यमा सम्झौता गरी कार्यक्रम शुरु भएकै दिन भुक्तानी गरेपछि कर्मचारीहरु वीच विवाद उत्पन्न भएको छ ।
कृषि सूचना तथा सञ्चार केन्द्रले हरेक दिन प्रशारण गर्दै आईरहेको कृषि कार्यक्रम नै किसानमय हुन नसकेको आरोप लागिरहेका बेला कमिशनको लोभमा किसानका लागि भन्दै केही व्यक्ति मोटाउनका लागि कृषि जीवन कार्यक्रम प्रशारण शुरु गरिएको केन्द्रकै उच्च अधिकारीहरु बताउँछन् । नेपाल टेलिभिजनको दर रेट हेर्ने हो भने पनि दिउंसो समय सो कार्यक्रम प्रशारण गरे बापत त्यत्ति धेरै रकम लाग्ने देखिंदैन । अर्को कुरा त्यही कार्यक्रमलाई पुनः प्रशारण गरे बापत समेत रकम तिरिएको श्रोतले बताएको छ । आषाढको अन्तिम साताबाट मध्य दिनमा प्रशारण शुरु भएको कृषि जीवन कार्यक्रम किसानहरुका लागि भन्दा पनि केन्द्रको विनियोजित बजेट सिध्याउने काम मात्र भएको केन्द्रका कर्मचारी नै बताउंछन् । केन्द्रले यो बाहेक पनि श्रव्यदृश्यका नाममा आफ्नै श्रव्यदृश्य शाखा भएर पनि बाहिर एजेन्सीलाई तीनवटा गोप्य कोटेशन मिलाएर लाखौं रुपैयाँ अनियमित गरेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३