शनिबार, बैशाख २२, २०८१

पशुपन्छी विकास मन्त्रालय गाभिने संकेत

काठमाडौं, श्रावण । पुष्पकमल दाहालको नेतृत्व नयां सरकार निर्माणसंगै कांग्रेस र एमाओवादी केन्द्रवीच भएको सहमति बमोजिम मन्त्रीपरिषद्को पहिलो वैठकबाट नै पशुपन्छी विकास मन्त्रालय र कृषि विकास मन्त्रालय गाभिने सहमति भएको भएपनि दाहालेको नेतृत्वको सरकारको पहिलो वैठकले विभाजित मन्त्रालयहरुलाई गाभ्ने निर्णय गर्न सकेन ।
केपी ओली नेतृत्वको सरकारले कृषि विकास मन्त्रालय विभाजन गरी पशुपन्छी विकास मन्त्रालय, थप गरेको थियो भने बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि छुट्याएको थियो । त्यसैगरी सरसफाई मन्त्रालय पनि थप गरेको थियो । यी थपिएका र विभाजित मन्त्रालयलाई एउटै बनाउने सहमत बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई एउटै मन्त्रालयका रुपमा गठन गर्ने भनिएको भएपनि त्यसो हुन सकेन । तर कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय छुट्टा छुट्टै रहने अवस्था भने अझै पनि टरेको छैन । पहिलो वैठकमा सो निर्णय हुन नसकेपछि आगामी वैठकमा मन्त्रालय गाभिने निर्णय हुन सक्ने संकेत देखिएको छ ।
पहिलो वैठकले पशुपन्छी विकास मन्त्रालय कृषिमा मर्ज नभएपनि केही समय पछाडि सो मन्त्रालय मर्ज हुने माओवादी केन्द्र निकट किसान संगठनका एक नेताले बताए । उनका अनुसार विहीबार कै वैठकमा मर्ज गर्ने कुरा भएको भएपनि हुन सकेन तर कृषि विकास मन्त्रालय मर्ज हुनेमा ढुक्क हुन उनले आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३