सोमवार, बैशाख ३१, २०८१

१४ करोडको तरकारी उत्पादन गरी निर्यात

पाँचथर, साउन ६ । पूर्वी पहाडि जिल्लामा पछिल्लो समयमा बढ्र्दै गईरहेको व्यवसाियक तरकारी उत्पादनले जिल्लालाई आत्मनिर्भर बनाएको मात्र होइन किसानहरुले आम्दानी समेत रामै लिन थालेका छन् । पाँचथरबाट गत आर्थिक बर्षमा मात्र १४ करोडको तरकारी उत्पादन गरी निर्यात गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको थर्पु, पंचमी, नाँगी, अमरपुर गाउँ विकास समिति तथा फिदिम नगरपालिकाबाट आर्थिक वर्ष ०७२/०७३ मा ५ हजार २ सय ८५ मेट्रिक टनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको हो ।
गोलभेडा, बन्दा तथा काँक्रो जिल्लाका किसानहरुको मुख्य कृषि उत्पादन रहेको समेत जिल्ला कृषि कार्यालयले जनाएको छ । यस वर्ष कृषकलाई मौसम हावापानी अनुकूल भएकाले पनि तरकारी उत्पादनमा बृद्धि भएको कार्यालय प्रमुख बेनु प्रसाईले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, साउन ६, २०७३