सोमवार, बैशाख ३१, २०८१

कृषि प्रसार सेवामा सञ्चारको प्रभावबारे छलफल

काठमाडौं, श्रावण । नेपाली ग्रामिण महिलाहरुमा पोषण सुरक्षाको पहुँच पु¥याउनका लागि सञ्चार माध्यमले खेल्नु पर्ने भूमिकालाई लिएर इलिनोस विश्वविद्यालय(University of Illinois at Urbana) की कृषि सञ्चार कार्यक्रम निर्देशक लुलु रोड्रीगुएज(Lulu Rodriguez)ले कृषि क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरुलाई कृषि प्रसारका विषयमा जानकारी दिएकी छन् । lili
नेपाली ग्रामिण महिलाहरु शिक्षाको पहुँच न्यून भएका कारण पोषणका सूचना प्रवाहमा चुनौति रहेको उनले बताए छिन् । काठमाडौं आयोजित कृषि तथा पोषणका लागि सञ्चार योजना सम्वन्धि कार्यशालामा उनले सो कुरा बताएकी हुन् ।
सो कार्यशालाले कृषि प्रसार सेवामा काम गर्नेहरु समेतलाई सञ्चार माध्यमहरुको प्रभाव कस्तो रहेको, कृषि सञ्चारको प्रभाविकारिता र कृषि सञ्चारमा काम गर्ने संस्थाहरुले अपनाएका कृषि सञ्चार नीतिमा समेत सहयोग पुग्ने बताइएकोक छ ।
कार्यक्रममा इलिनोस विश्वविद्यालयकी कृषि सञ्चार कार्यक्रम निर्देशक लुलु रोड्रीगुएज कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशमा कृषि प्रसारमा अपनाइएको विधिहरुको बारेमा समेत प्रष्ट्याएकी छिन् ।-उमेश भण्डारी

प्रकाशित मिति: बिहिबार, साउन ६, २०७३