सोमवार, बैशाख ३१, २०८१

बर्दियामा ९० प्रतिशत धान रोपाइँ

बर्दिया, ४ साउन। हालसम्म बर्दियामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । एक महिना अघिदेखि पानी पर्न सुरु गरेकाले यस वर्ष साउनको सुरुवातमै ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
समयमै पानी परेकाले नदीमा पानी बढेर नहरमा पनि समयमै पानी चढेकाले सिञ्चित क्षेत्रमा धान रोपाइँको काम सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतले बताए । समयमै वर्षा र सिँचाइ सुविधा भएकाले रोपाईँ राम्ररी सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।
आकासे पानीका अतिरिक्त सुक्खा क्षेत्रमा कृषकले पम्पसेट र बोरिङ मेसिनबाट पनि पानी तानेर धान रोपाइँँ गरेका छन् । समय समयमा पानी परिरहेकाले पानी कम भएका स्थानका कृषकलाई यस वर्ष राम्रो राहत मिलेको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन ४, २०७३