सोमवार, बैशाख ३१, २०८१

कफी विकास बोर्डको कर्मचारी नियुक्ति विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं,श्रावण । लोकसेवा आयोगका प्रतिनिधि सामेल गराएको नाटक गर्दै चिया तथा कफी विकास बोर्डले आर्थिक लेनदेनबाटै ३ दर्जन जना कर्मचारी नियुक्त गरेको छ । चिया तथा कफी विकास बोर्डले बैधानिकताका लागि गोरखापत्रमा सूचना प्रकाशित बोर्डका कार्यकारी निर्देशक र निवर्तमान कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलका केही कार्यकर्ताहरुलाई बोर्डमा नियुक्ति गर्नका लागि १५ दिने म्याद दिइएको छ । ३५ दिने म्यादलाई वेवास्ता गर्दै प्राविधिक कार्यालयमा अप्राविधिक कर्मचारी भर्ना गरिएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सो नियुक्ति रोक्नका लागि उजुरी परेको छ ।seskant gautam
लोकसेवा आयोगका प्रनिनिधिलाई देखाएर आफ्नै तरीकाले परिक्षा सञ्चालन गरी कर्मचारी नियुक्ति गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नं. ५२९ त्यसका विरुद्ध उजुरी परेको हो । बोर्डका करारमा कार्यरत योजना अधिकृत गौरव लुइँटेलले बोर्डमा आवश्यक कर्मचारीहरुको परीक्षा लिनका लागि प्रश्न पत्र तयार गरेका थिए । प्रश्न पत्र तयार गर्ने लुइंटेल स्वयं नै योजना अधिकृतका उम्मेदवरा समेत रहेका थिए । आफै परीक्षार्थी र आफै प्रश्न पत्र तयार गर्ने भाग्यमानी लुइटेलले आउंदो १२ गते बोर्डमा करारबाट स्थायी नियुक्ति पाउंदैछन् । उनी लगायत तीन दर्जनले चिया तथा कफी विकास बोर्डमा जागिर खाने भएका छन् । प्राविधिक संस्थाका रुपमा रहेको बोर्डमा कर्मचारी नियुक्ति गर्दा प्राविधिक व्यक्तिहरुलाई प्राथमिकता दिनु पर्नेमा कार्यकारी निर्देशकलाई रकम नबुझाउने प्राविधिकहरु एक जना पनि बोर्डमा नियुक्त नहुने भएका छन् । तीन दर्जन कर्मचारी नियुक्ति गर्न लागिएको बोर्डमा करीव सवै प्राविधिक हिसावले अयोग्य भएपछि चिया तथा कफी विकास बोर्ड प्राविधिक संस्थाको पहिचानबाट टाढा हुने भएको कर्मचारीले नै आरोप लगाउन थालेका छन् ।
अझ रमाईलो कुरा के छ भने बोर्ड यतिखेर कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन प्रमुख देउकुमार सिगु, र क्षेत्रीय प्रमुख झापाका इन्द्र अधिकारीको कब्जाबाट टाढा हुन सकेको छैन । इन्द्र अधिकारी करारका कर्मचारी भएर पनि उनलाई गौतमले क्षेत्रीय प्रमुख बनाएर पैसा असुल्ने काममा खटाएका थिए । अहिले कर्मचारी भर्ती कार्यका प्रमुख नाईकेका रुपमा इन्द्र अधिकारीलाई गौतमले परिचालन गरेका छन् । गौतम कार्यालयको सवारी साधन हुंदा हुंदै पनि भाडाको सवारी लिएर कार्यालयको खर्चको दुरुपयोग गरिरहेका छन् । यस तर्फ कृषि विकास मन्त्तालयले ध्यान दिन सकेको छैन ।
बोर्डमा करारमा कार्यरत भएपनि काम गर्ने सिपालु मानिएका गौरव लुइँटेललाई गौतमले राम्रै परिचालन गरेका छन् । इन्द्र पैसा उठाउने र गौरव लेखा पढी गर्ने काममा लागेकै कारण शेषकान्त गौतमले कार्यकारी निर्देशक भएको एक बर्ष नपुग्दै करोडौं हात पार्न सफल देखिन्छन् । केही समय अगाडि बोर्डको रकममा अध्ययन भ्रमणका नाममा चीन पुग्दा पनि कार्यपत्र लुईटेलले नै प्रस्तु गरेका थिए भने कार्यकारी निर्देशक उपस्थिति मात्र जनाएको श्रोतले बताएको छ । श्रोतका अनुसार चिया तथा कफी विकास बोर्डमा अनियमित कार्य गर्नका लागि कागजीप्रक्रिया मिलाई गोजी भर्ने काममा बोर्डका प्रशासन प्रमुख देउकुमार सिगु विशेष खेलाडीका रुपमा देखिएका छन् ।
बोर्डमा कार्यरत कर्मचारीरु गौतमको रवैयादेखि दिक्क भएका छन् । गौतमले गरेका आर्थिक अनियमितता र बेवारिसे सरुवाका विरुद्ध कृषि विकास मन्त्रालयमा उजुरीका चाङ्ग लागेका छन् । उनले क्षेत्रीय कार्यालय झापामा कार्यरत नासु दुर्गा कुमारी शेर्मालाई नुवाकोट सरुवा गरिदिएपछि शेर्मा सर्वेाच्चको ढोका टकटक्याउन पुगेकी छिन् । आफू विरुद्ध मुद्दा हालेको भन्दै गौतमले शेर्माको तलव समेत रोकेका छन् ।- उमेश भण्डारी

प्रकाशित मिति: मङ्लबार, साउन ४, २०७३