सोमवार, बैशाख ३१, २०८१

केन्याबाट फर्केको भोलीपल्टै स्पष्टिकरण

काठमाडौं श्रावण । कृषि विकास मन्त्रालय भित्रको खेल पनि अचम्मै हुँदो रहेछ भन्ने प्रमाण कृषि सचिव उत्तम कुमार भट्टराईले देखाईदिएका छन् । कृषि सम्वन्धि एउटा कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीसंगै केन्या घुमेर आएका भट्टराईले फर्केको भोलीपल्टै महानिर्देशकलाई सचिव स्तरीय निर्णय कार्यान्वयन नगरेको भन्दै स्पष्टिकरण सोधेको छन् । spastikaran
महिलाद्धारा सञ्चालित एकीकृत कृषि फार्म प्रर्वद्धन कार्यक्रमका लागि सम्झौता अनुरुपा काम गरिरहेका फार्महरुलाई भुक्तानी गर्न मन्त्रालयले विभागलाई निर्देशन गरेको भएपनि महानिर्देशक जिसीले भुक्तानी गर्नका लागि आलटाल गरेका थिए । मन्त्रालयको स्वीकृत कार्यक्रम अनुसार सम्झौता भई कार्यान्वयनमा रहेका महिलाद्धारा सञ्चालित तथा व्यवस्थित एकिकृत कृषि फार्म प्रवद्र्धन कार्यक्रम अन्तर्गतका ४ वटा कृषि फार्मका लागि भुक्तानीगर्नका लागि २०७३ जेठ १८ गतेको नेपाल सरकार सचिवस्तरको निर्णयानुसार भुक्तानीका लागि संशोधन सहितका कार्यक्रम तथा खर्चे गनेै अख्तियारी पठाइएकोमा उनले भुक्तान दिएका थिएनन् ।
सचिव उत्तम कुमार भट्टराईले संसोधन सहितको खर्च गर्न पाउने अख्तियारी दिंदा पनि जिसीले आलटाल गरेकै कारण र मन्त्रालयको कार्य योजनामा असफल बनाउन लागेको भन्दै स्पष्टिकरण सोधिएको बताएको छ ।
कृषि विभागका महानिर्देशकले पटक पटक निर्देशन अटेरी गरेकै कारण लिखित स्पष्टिकरण सोध्नु परेको मन्त्रालय श्रोतले बताएको छ । उनलाई सोधिएको स्पष्टिकरणमा भनिएको छ । किन निर्णय कार्यान्वयन नगरिएको हो ३ दिन भित्र स्पष्टिकरण पेश गर्न भनिएको भएपनि जिसीले भने तोकिएको सममा सिमामा पनि स्पष्टिकरण पेश गरेनन् । पछिल्लो समय बैशाखमा सचिव बढुवाका लागि सिफारिसमा परेका जिसीले कृषि सचिव भट्टराइको निर्देशनलाई अवज्ञा गर्न थालेपछि यतिखे कृषि विकास मन्त्तालयका सचिव भट्टराई र कृषि विभागका महानिर्देश जिसीको सम्वन्धमा चिसोपन आउन थालेको देखिएको छ ।
कृषि विकास मन्त्रालयका सचिवले स्वीकृत कार्यक्रम बमोजिमको कार्यक्रम गर्न निर्देन दिंदा पनि महानिर्देशकले नटेरेपछि उनीहरु वीचको सम्वन्धमा चिसोपन आएको हो । बैशाखतिर सचिव पदका लागि सिफारिसमा परेका युवकध्वज जिसी सचिव हत्याउन नपाएपछि मन्त्रालयको कार्यक्रमलाई ध्यान दिन छाडेको सांघु साप्ताहिकले प्रकाशन गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन ४, २०७३