शनिबार, बैशाख १५, २०८१

तरकारीको मूल्य बढ्यो

भीमदत्तनगर, २९ असार । स्थानीय उत्पादनमा कमी आउँदा कञ्चनपुरमा तरकारीको मूल्य वृद्धि भएको छ ।
स्थानीय उत्पादन नहुँदा भारतीय सीमावर्ती बजार र डडेल्धुराबाट कञ्चनपुर मण्डीमा तरकारी आयात गरेपछि मूल्य बढेको हो । वर्खामा उत्पादनमा कमी आउँनुका साथै बगरमा उत्पादन भएको तरकारी सकिँदा बाहिरबाट आयात गर्नुपरेको तरकारी व्यापारीहरु बताउंछन् ।
“तरकारी आयातसँगै मूल्य दोब्बरले बढेको छ, । बाहिरबाट आयात गर्दा पनि तरकारीको माग पूरा गर्न सकिएको छैन ।” दुई महिनाअघिसम्म प्रतिकिलो रु ५० मा पाइने गोलभेँडा अहिले रु १०० मा बिक्री भइरहेको छ । अहिले काउली, गोलभेँडा, फर्सी, लौका, मुला, करेला, भन्टालगायत तरकारीको मूल्य ४० देखि ५० प्रतिशतले बढेको छ । बजारमा प्याज प्रतिकिलो रु ४०, फर्सी रु ६०, आलु रु ४०, करेला रु ६०, भन्टा रु ६०, अदुवा रु १२०, लौका रु ६०, मुला रु ५० मा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७३