मङ्लबार, बैशाख २५, २०८१

विरोध हुंदा हुदै छ लाख सिध्याउंदै कंडेल

जुम्ला, असार । कृषि मन्त्री हरिबोल प्रसाद गजुरलेलका सरकारी निजी सचिवका रुपमा काम गरेर जिल्ला कृषि विकास कार्यालय जुम्ला सरुवा भएर आएका कार्यालय प्रमुख भरतप्रसाद कंडेल आउन नपाउंदै विवाद गर्न थालेका छन् । जुम्लामा सरुवा भए पनि लामोसमय मन्त्रीकै पिएका रुपमा काजमा मन्त्रालय बसेका कँडेल यतिखेर आर्थिक बर्षको अन्त्यमा जिल्लाको बजेट जसरी हुन्छ सिध्याउने नियतले अगाडि बढेपछि जिल्ला कृषि कार्यालय मै बदनाम हुन थालेका छन् । bharat kandel
जुम्ला जिल्ला वर्षेनी स्थानीय वालीको उत्पादन, प्रवद्र्धन तथा वजारीकरणका लागि भन्दै खाद्य महोत्सव आयोजना गर्दै आएपनि खासै उपलव्धी हुन सकेको छैन । अघिल्ला वर्षको सिकाई उपलव्धीका वारेमा स्पष्ट रुपमा अभिलेखिकरण नगरी कार्यक्रम सकाउने नाममा आउंदो असार १८ गतेदेखि २० गतेसम्म खाद्य महोत्सव गरी जिल्लाको बजेट झ्वाम्म पार्ने नियतमा कंडेल लागेका छन् ।
जिल्लामा प्रमुखको जिम्मेवारी पाएपछि १० दिनपनि कार्यालय नबसेका कंडेल कृषि मन्त्रीकै शक्तिको आडमा केही दिन अगाडि मात्र फिलिपिन्स पुगेका थिए । अहिले उनी चालु आर्थिक बर्षको विनियोजित बजेट फ्रिज हुन नदिन मनलाग्दो ढंगले बर्षको अन्तिम समयमा विभिन्न कार्यक्रम गर्ने तयारीमा जुटेका छन् ।
यस बर्षमा खाद्य महोत्सवको आयोजना गर्ने तयारी भईरहदा यहाँका किसानले खाद्य महोत्सवको अर्थ नहरेको वताउंदा पनि कंडेल भने जसरी भएपनि खाद्य महोत्सव मनाउने तयारीमा जुटेका छन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले यहि असार १८ देखि २० गते सम्मका लागि खाद्य महोत्सवको तयारी गरिरहेको वेला किसानबाट अत्यधिक असन्तुष्टी व्यक्त गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख भरतप्रसाद कँडेलले खाद्य महोत्सव सञ्चालनका लागि गैर जिम्मेवार तर्क पेश गरेको आरोप स्थानीयले लगाएका छन । प्रमुख कडेलले खाद्य महोत्सव सञ्चालनका लागि आयोजित वैठकमा एक दुई वर्षमा खाद्य महोत्सव मनाउदैमा उपलव्धी मापन गर्न नसकिने र अझै पाँच वर्षसम्म मनाउदै गएपछि उपलव्धी देखिने भनेपछि वैकठमा उपस्थित सञ्चारकर्मीले विरोध जनाएका थिए ।
गत वर्षमा सञ्चालन भएका खाद्य महोत्सवको समिक्षा गरेर समस्य, उपलव्धी, सिकाईका वारेमा जानकारी नहुदासम्म खाद्य महोत्सव सञ्चालनको कुनै अर्थ नरहने सञ्चारकर्मीहरुले वताए । कृषिसंग सरोकार राख्ने निकायसंगको छलफलका क्रममा प्रमुख निकै स्मार्ट देखिएको भन्दै मुस्कान सहितको सेवाको भावनाले अघि वढ्नु पर्नेमा जोड दिएका छन । जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत वालक राम देवकोटाले स्थानिय वालीको उत्पादन प्रवद्र्धन तथा वजारीकरणका लागि खाद्य महोत्सव आयोजनाको तयारी भईरहेको वताएका छन । उनले भने स्थानिय मौलिक वालीहरुको संरक्षण प्रवद्र्धन तथा उत्पादनका लागि प्रोत्साहन गर्न स्थानिय वालीमा आधारित रेष्टुरेण्ट उद्योगहरुलाई प्रोत्साहन गर्न खाद्य महोत्सव आयोजना गर्न लागेको वताए ।
उनका अनुसार यो वर्षको खाद्य महोत्सवमा जिल्ला भरीका किसानलाई सहभागि गराईने छ । कृषिसंग सरोकार राख्ने सवै निकायको समन्वयका आधारमा अघि वढ्ने तयारी भईरहेको छ । आफ्नो कार्यक्रम अनुसारको वजेट संकलन भई खाद्य महोत्सवको तयारी भएको हो । खाद्य महोत्सवको लागि झण्डै ६ लाख रुपैया आवश्यक पर्ने कृषि कार्यालय वताउछ ।
महोत्सवमा विस्थापित हुन लागेको खाद्य वाली प्रदर्शनी हुनुका साथै स्थानिय वाली वाट वनेका विभिन्न परिकारहरु राखिने भएको हो । स्थानिय बालि चिनो, कागुनु, फापर, मार्से लगाएत बालिको बिउ तथा खाद्य परीकार प्रर्दशन गर्नुका साथै धामि नाच, सडक नाटक, हुड्के नाच, डेउडा लगायत सांस्कृतिक कार्यक्रम पनि गरीने भएको छ ।
रैथाने बालिको उत्पादन तथा उपभोगमा जोड दिने र कृषकलाई स्थानिय परीकार बनाउनुका साथै खाने बानिमा परीवर्तन ल्याउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको आयोजक सरकारी तथा गैर सरकारी कार्यालयले जनाएका छन् – डिवी वुढा

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७३