आइतवार, जेष्ठ ६, २०८१

पासपोर्ट अनुदानले किसान मर्कामा

कास्की, ९ असार । सरकारले ल्याउने गरेका विभिन्न योजनाहरु विवाद नभएका सायदै होला । तर किसानका लागि ल्याइएको भनिएको योजना पनि विवादमा परेको छ । कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेपछि सरकारले ल्याएको सो कार्यक्रमलाई विवादमा करुपमा लिइएको छ ।
जिल्ला पशु सेवा कार्यालय कास्कीले आयोजना सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा अनुदान दिने प्रावधानले वास्तविक किसान मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । विदेशमा बसेर आएकै भरमा अनुदान पाउने र मुलुकको माटोमा निरन्तर पसिना भिजाउने किसानलाई पछाडि पारिएकोमा कार्यक्रमका सहभागीले दुःख व्यक्त गरे ।
विदेशमा बसेको भरमा मात्र नभई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने पोखरा–२५ पुम्दीभुम्दीका किसान खेमराज बराल बताए । जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा राकेश प्रजापतिले पासपोर्ट राखेर अुनदान दिने व्यवस्था सरकारबाटै आएको जानकारी दिँदै किसानलाई दक्ष बनाउने विषयमा पनि सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, असार ९, २०७३