मङ्लबार, बैशाख २५, २०८१

सल्यान जिल्लामा बढ्दै छ प्लाष्टिक घर भित्र तरकारी खेती

सल्यान,असार । गरे के हुन्न भन्ने उखानलाई अहिले सल्यान जिल्ला कृषि विकास कार्यालयले प्रमाणित गरेर देखाईदिएको छ । चालु आर्थिक बर्षभित्र तरकारी उत्पादनका पकेट क्षेत्रहरु विस्तार गरी तरकारी उत्पादन बृद्धि गरी जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सफल भएको छ । जिल्लाको कपुरकोटलाई विगतदेखि तरकारी उत्पादनको मुख्य क्षेत्रका रुपमा परिचित हुँदै आएको छ । salyan
जिल्ला कृषि विकास कार्यालयले प्लाष्टिक घरमा बेमौसमी तरकारी खेतीलाई प्राथमिकतामा राखि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ट कृषि विकास अधिकृत टेकप्रसाद लुँइटेल बताउंछन् । उनका अनुसार तरकारी उत्पादनका पकेट क्षेत्रकारुपमा कपुरकोट, टुनीबोट, लुहाम, काभ्रा, संघारमूल, श्रीनगर, बरला, पटारे थारमारे, शिवरथ, रामपुर सल्ली मुख्य रुपमा चिनिदै आएका छन् । जुन गाविसहरुबाट उत्पादन भएको तरकारीले जिल्लाको मागलाई पूरा गरी बाहिरी जिल्लाहरुमा समेत निर्यात हुंदै आएको छ ।

जिल्ला कृषि विकास कार्यालयले राप्ती रोड कोरिडोर लुहामदेखि लौरावाभसम्मको क्षेत्रलाई ११ वटा क्लष्टरमा विभाजन गरी प्लाष्टिक घरमा बेमौसमी तरकारी खेती अभियान नै चलाईरहेको लुईटेलले कृषिलाई बताए । सो अभियानका लागि चालु आर्थिक बर्षमा १०x५ का २ हजार ७ सय प्लाष्टिक घर निर्माण गरी गोलभेंडा खेती भईरहेको समेत लुईटेलले बताए ।

प्रकाशित मिति: बिहिबार, असार ९, २०७३