बुधबार, बैशाख २६, २०८१

नपाउने भए भूकम्प पीडितले कोरली गाई !

काठमाडौं, असार । भूकम्प पीडित किसानहरुका लागि राहत स्वरुप भन्दै तात्कालिन कृषि विकास मन्त्रालयले गाई अनुदान वितरण गर्ने कुरालाई निकै चर्चामा ल्यायो । कृषि विकास मन्त्रालय विभाजन पश्चात पनि तिनै भूकम्प पशुपालन गरिरहेका किसानहरुलाई केही मात्रामा भएपनि राहत हुन्छ भन्दै कोरली गाईको रटान रटियो । तर भूकम्प गएको एक बर्ष दुई महिना वित्न लागिसक्दा पनि किसानहरुले कोरली गाई पाएका छैनन् । cow
पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयको विकासका लागि विभिन्न क्षेत्रका विज्ञहरुलाई समेत समेटेर सल्लाहकार समिति समेत गठन गरिसकेको छ । तर किसानहरुलाई राहत दिने खालको कुनै पनि कार्यक्रम आउन नसक्नु विडम्वना हो भन्दा के भन्न सकिन्छ र ?
भूकम्प पीडित किसानहरुलाई गाई उपलब्ध गराउने भन्दै निकै चर्चा गराइयो । किसानहरुको जीविकोपार्जनका लागि महत्वपूर्ण पशुपालन भएको र भूकम्पबाट दशौं हजार ठूला पशुको मृत्यु भएको तथ्यांक पनि सार्वजनिक भए । किसानहरुको दर्शौ हजार पशुको मृत्यु भएपनि किसानहरुलाई पशुपालन व्यवसायबाट पलायन हुन नदिन शुरुमा दूधालु गाई नै वितरण गर्ने कुरा पनि नआएको होइन । पछि त्यो चर्चा त्यसै सेलाएर गयो ।
भूकम्प पीडित किसानहरुका नाममा यस्तो धेरै कुराहरु आए तर किसानहरुले केही पनि पाउन सकेनन् । पछिल्लो समयमा निकै चर्चामा रहेको कोरली गाईको अवस्था पनि करीव त्यस्तै हुने संकेत देखिएको छ । किसानहरुले कोरली गाई पाउने कुनै लक्षण नै देखिएको छैन । चालु आर्थिक बर्षको करीव अन्त्यतिर आईसक्दा पनि भूकम्प पीडित किसानहरुका लागि छुट्याइएको बजेट फ्रिज हुने सम्भावना बढ्दै गएको छ । कृषि विकास मन्त्रालयबाट विभाजन भएपनि पशुपन्छी विकास मन्त्रालयले गर्ने धेरै काम भएको भएपनि गर्न सकेको देखिंदैन । पशुपालन गर्ने किसानहरु निरुत्साहित हुंदै पलायन हुने अवस्था आईसकेको छ ।
ग्रामिण किसानहरु भत्किएका घर र रित्तो गोठ हेरेर बस्नु पर्ने वाध्यतालाई चिर्दै गाउंबाट पलायन भईरहेका देखिन्छन् । यदि यसैगरी पशुपालनमा संलग्न रहेको किसानहरु पलायन हुने हो भने पशुपन्छी विकास मन्त्रालयको दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्ने धोको सपनामा मात्रै सिमिति नहोला भन्न सकिंदैन ।
भूकम्प पीडित किसानहरुलाई वितरण गर्ने भनिएको कोरली गाई किन वितरण गर्न सकिएको छैन ? यदि कोरली गाई वितरण गर्न सकिंदैनथ्यो भने किन किसानहरुलाई आश्वासनको नारा बांडियो ? किसानहरुको गम्भीर प्रश्न यतिखेर रहेको छ । कोरली गाई वितरणलाई छिटो एवं छरितो रुपमा पीडित किसानहरुको गोठमा पुग्न के तत्वले रोकिरहेको छ ।

प्रकाशित मिति: सोमवार, असार ६, २०७३