शुक्रबार, जेष्ठ ४, २०८१

सल्यान कृषि क्षेत्रको लागि सम्भावनाको खानी हो

Tec prasad luitel
टेकप्रसाद लुइटेल
प्रमुख
जिल्ला कृषि विकास कार्यालय सल्यान

० जिल्ला कृषि विकास कार्यालय सल्यानले तरकारीका लागि दजर्नौ पकेट क्षेत्र तयार गरेको छ भनिन्छ नि हो ?
सल्यान जिल्ला विगत २० वर्षदेखि तरकारी उत्पादनको जिल्लाको रुपमा चिनिदै आएको छ । यसको मुख्य क्षेत्र कपूरकोट रहदै आएको थियो । हाल सल्यानमा थप कपूरकोटहरु जन्माउने कार्य जारी छ र मुख्य गरी प्लाष्टिक घरमा वेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । तरकारी उत्पादनका पकेट क्षेत्रहरुमा कपूरकोट, टुनीबोट,लुहाम, काभ्रा,संघारमूल, श्रीनगर, बरला, पटारे, थारमारे, शिवरथ, रामपुर, सल्ली आदि मुख्य हुन् । राप्ती रोड कोरीडोर लुहामदेखि लौरावाभसम्मको क्षेत्रलाई विभिन्न ११ बटा क्लष्टरमा विभाजन गरी प्लाष्टिक घरमा वेमौसमी तरकारी खेती अभियान संचालन गरिएको छ । यस अन्र्तगत गत र यस आ.व.मा १२ मी ह ५ मी.का २७०० बटा प्लाष्टिक घर निर्माण गरी टमाटर खेती गरिएको छ ।
० जिल्ला कृषि विकास कार्यालयले वर्तमान अवस्थामा गर्दै आईरहेका प्रमुख कार्यहरु के के हुन् ?
जिल्ला कृषि विकास कार्यालय सल्यानले ३ वटा बाली अदुवा,ताजा तरकारी र सुन्तलाजात फलफूललाई प्रमुख बालीको रुपमा प्राथमिकता दिई कृषि विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पहिलो अदुवा यस आ.व.मा २००७ हेक्टर क्षेत्रफलमा लगाइ २७०८ मे.ट. उत्पादन भइ १० करोड ४३ लाख बराबरको विक्री भएको छ । दोस्रो सुन्तलाले यस जिल्लामा ९३५ हेक्टर क्षेत्रफलमा लगाइएको छ र यसबाट यस आ.वमा ८६०८ मे.टन उत्पादन भएको छ ।
आ.व. २०७१/७२ र २०७२/७३ मा जम्मा १५०० प्लाष्टिक घर निर्माण गरी बेमौसमी तरकारी उत्पादन गर्ने निर्णय सरोकारवालाहरुको उपस्थितिमा भएकोमा आ.व.२०७१/७२ विभिन्न ८ वटा क्लष्टरमा ८०१ प्लाष्टिक घर निर्माण भई उक्त घरहरुबाट २ करोड ५६ लाखको टमाटर बिक्री भएको । आ.व. २०७२÷७३ मा थप १९०० घर निर्माण गरी करिब ९ करोडको टमाटर बिक्री गर्ने लक्ष्य राखिएको छ । हाल घरहरु निर्माणाधिन र बेमौसमी टमाटर रोप्ने कार्य जारी रहेको छ । उक्त घरहरु निर्माण गर्दा स्थानीय स्तरमा प्राप्त बांस र ज्यामीहरुको प्रयोग भएकोले अन्य व्यक्तिहरुको पनि थप आय आर्जनमा टेवा पुगेको छ । त्यस्तै बांसको प्रयोग गरी बनाइएका घरहरु ४ देखि ५ वर्षसम्म मात्र टिक्ने भएकोले अब बन्ने घरहरु फलाम, जाली र थोपा सिचाइ सहितको भएमा दीगो र प्रभावकारी हुने भएकोले कोर्वाभ झिम्पे गा.वि.स. मा ६० वटा १२ मी. ह ५ मी साइजको जालीले ढाकेको र ँभचतष्नबतष्यल कभत, प्लाष्टिक मल्च सहितको प्लाष्टिक घरहरु निर्माण गरी टमाटर खेती गरिएको छ । यो कार्य नेपालको कृषि इतिहासमा विज्ञानको प्रयोग सहितको नमूना योग्य र अनुकरणिय कार्य हुनेछ भन्ने विश्वास जिल्ला कृषि विकास कार्यालय सल्यान परिवारले लिएको छ ।
रामपूर कालिमाटी र काल्चे गा.वि.स. मा मौरी १४०० गोला एउटै पकेटमा वितरण र प्रवद्र्दन गरी ब्उष्तयगचष्कm को अवधारणामा कार्य गरिएको छ । सेरेना मौरीको श्रोत केन्द्र स्थापनामार्पmत सल्यान रुकुम रोल्पाको लागि आवश्यक मौरी सहितका १४०० घार उपलब्ध गराउन सफल । अनार, अकबरे खुर्सानी, किवीलाई नयां बालीको रुपमा विस्तार गर्ने कार्य गरिएको छ ।
० किसानहरु कृषि व्यवसायबाट पलायन हुन खोजिरहेका छन् भनिन्छ सल्यानमा के छ अवस्था ?
यो अवस्था नेपालका सबै जिल्लामा छ । सल्यानमा पनि यो समस्या छ । तर हाल व्यवसायिक रुपमा कृषिको विकास भई पेशाको रुपमा स्थापित हुन लागेकोले र राज्यले पनि युवा लक्षित कृषि कार्यक्रमहरुमा विशेष जोड दिएकाले विदेश जान खोजेका र विदेशबाट फर्किएका समेत कृषि पेशामा आकर्षित हुन लागेको देखिन्छ ।
० सल्यानमा उत्पादन हुने प्रमुख कृषि उपजहरु के के हुन् र निर्यात कुन कुन बाली हुन्छन् ?
सल्यान मध्य पहाडको उपोष्ण हावापानी अन्र्तगत पर्ने जिल्ला भएतापनि यहा तराइमा हुने धान, गहुंदेखि हिमालमा हुने स्याउसम्मा लगाउन मिल्ने हावापानी उपलव्ध छ तदनुसार नै विभिन्न बालीहरु लगाउने चलन छ । यस जिल्लाका मुख्य उत्पादनमा धान, गहु, मकै, अदुवा, ताजातरकरी सुन्तला, भटमास आदि हुन् । निर्यातका संन्दर्भमा मुख्य गरी अदुवा, ताजातरकारी र सुन्तला पर्दछन् । यस आ.व.मा अदुवा १० करोड ४३ लाख २० हजार बराबरको, सुन्तला २७ करोड, ११ लाख, २५ हजार र ताजा तरकारी ८ करोड १६ लाख बराबरका, बर्षे र हिउंदे आलु गरी करीब २ करोड बराबरको जिल्ला बाहिर निकासी भएको अवस्था छ । यसमा अदुवा र केही मात्रामा ताजातरकारी भारत निर्यात हुन्छ । अबका केही वर्षमा अनार समेत जिल्ला बाहिर निकासी गर्न सकिने अवस्था विकास हुदै गएको छ ।
० पहाडी जिल्ला भएकाले कृषि उत्पादकत्व बृद्धि गर्नका लागि सिंचाई अभाव कत्तिको छ ?
सल्यान एक पहाडी जिल्ला हो । यहां शारदा र वनगाड खोला सिंचाइका मूख्य श्रोत हुन् । खेती गरिएको क्षेत्रफलको १८.८६ प्रतिशत क्षेत्रफलमा वर्ष भरी सिचाइ हुन्छ । शारदा नदी सल्यानवासीका लागि वरदान हो । यसले उद्गम स्थलदेखि बबइमा नमिसिदासम्म बगेको क्षेत्रसम्ममा सिंचाइ गर्दछ । सल्यानको विशेषता टारीखेत छैनन् र खेतमा वर्षभरी सिंचाइ हुन्छ । त्यसैकारण गतवर्षको खडेरीमा समेत धानको उत्पादन बढेको थियो । अझैपनि साना सिंचाइ, सिंचाइ कार्यालय र सिआइपीका कार्यक्रम मार्फत सिंचाइ क्षेत्र विस्तार र स्तर उन्नति कार्य जारी छ । बारीमा खेती गर्दा आकासे खेतीको भरमा मौसम अनुसार हुन सक्ने बाली लगाउने चलन छ । यसको एक उदाहरण कपूरकोटको तरकारी खेती पनि हो ।
० सल्यानको कृषि क्षेत्रको विकासका लागि बाधक बनेका प्रमुख समस्याहरु के छन् ?
सल्यान कृषि क्षेत्रको लागि सम्भावना नै सम्भावनाको खानी हो । यस क्षेत्रमा लागेका विकासे सरोकारवाला र कृषककोे प्रतिवद्धताले नै सल्यानको कृषिलाई कता लैजाने भन्ने यकिन गर्छ । कृषकस्तरबाट कृषि नै मेरो पेशा हो र यसबाट पनि वार्षिक गुजारा चल्छ र केही बचत हुन्छ भन्ने प्रशस्त उदाहरणहरु देखिएका छन् । यी उदाहरणहरुलाई आम कृषक समक्ष उत्प्रेरणा सहित जानाकारी दिनु पर्ने अवस्था छ ।
० आगामी आर्थिक बर्षका लागि के के योजना बनाउनु भएको छ ?
आगामी आर्थिक वर्षको लागि अदुवाको जोन कार्यक्रम अन्तर्गत ५०० हे को एउटै पकेट क्षेत्र बनाई त्यसको लागि आवश्यक पर्ने सामाग्री र प्राविधिक सेवा टेवाका साथै सल्यानमा उत्पादित अदुवाको मूल्य अभिबृद्दि गर्नकोलागि प्रशोधन कारखाना समेत स्थापना गर्ने कार्यक्रम छ । तरकारी उत्पादनको हकमा थप १२०० प्लाष्टिक घर निर्माण गर्ने र खुल्ला स्थानमा तरकारी उत्पादन गर्ने क्षेत्रफल विस्तार गर्ने, सुन्तलाजात फलफूलको क्षेत्र विस्तार र जिल्लामा सम्भावना भएको बालीहरुको क्षेत्र विस्तार र अनार, अकवरे खुर्सानी, किवी, र च्याउ नयाँ बाली बस्तु विशेषमा नयां कार्यक्रमको रुपमा शुरु गरिने छ ।
कुन कुन बालीमा जिल्लालाई आत्मनिर्भर बनाउने सोच राख्नु भएको छ ?
सल्यान जिल्ला धान, मकैमा आत्म निर्भर छ । अदुवा, ताजा तरकारी र सुन्तलामा निकासी गर्न सक्षम छ । अब गहुंको उत्पादन र उत्पादकत्व बृद्धि गरी आत्म निर्भर हुन जरुरी छ भने अकबरे खुर्सानी,अनार र ओखरको पनि राम्रो सम्भावना भएकोले यसका क्षेत्रफल बढाई निकासी योग्य परिणाम उत्पादन गर्नु पर्नेछ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, असार ६, २०७३