शनिबार, बैशाख १५, २०८१

के यस पटक रासायनिक मलको अभाव खेप्नु नपर्ने हो ? (भिडियो सम्वाद)

काठमाडौं । असार शुरु भईसकेको छ । किसानहरु खेतमा रोपाईका लागि दत्तचित्त छन् । तर सरकारले किसानहरुले भने चाहेको बेलामा रासायनिक मल पाउन सकिरहेका छैनन भन्ने गुनासो गरिरहेका छन् । यद्यपी विगतका वर्षहरुमा मल अभाव हुँदा किसानहरुले घण्टौं लाईनमा बसेर मल निकै कठिनाईसँग किन्ने गर्दथे । अहिले पनि अवस्था उस्तै भईरहेको आरोप लागिरहेको छ । त्यसो भए के किसानहरुले यस पटक पनि रासायनिक मल अभाव खेप्नु पर्ने हो ?

हुन त कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कति आवश्यक पर्दछ र कति मौज्दात छ भन्ने कुरा असारको शुरुवातमा नै जानकारी गराउनु पर्ने थियो । मल सहज छ भन्न सक्नु पर्ने थियो । त्यसो हुन सकेन । हुन यस आगामी आर्थिक वर्षका लागि सरकारले रासायनिक मलका लागि निकै नै बजेट छु्याएको छ । त्यसले मल खरिद गर्न सक्ने हो भने रासायनिक मल अभाव नहोला ? यद्यपी बजेट छुट्याउँदैमा मल अभाव नहुने भने होइन ।

पछिल्लो समय मलको अवस्था के छ ? अभाव खेप्नु पर्छ कि पर्दैन यस विषयमा कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोख्रेलसँग गरिएको कुराकानीको । ( दृश्य सम्वाद हेर्नुस् ।)

प्रकाशित मिति: शनिबार, असार ९, २०८०