आइतवार, जेष्ठ ६, २०८१

कोरियाको कृषिमा काम गर्न ३७ हजार युवाको निवेदन

eps koria
काठमाडौं, ५ असार । रोजगारी अनुमति प्रणाली अन्तर्गत सातौ इपिएस कोरिा भाषाको परीक्षामा सामेल हुनका लागि कृषि क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गर्दै ३७ हजार १ सय ७५ जनाले आवेदन परेका छन् । नेपाल सरकारले दक्षिण कोरियमा श्रमका लागि यस बर्ष ३ हजार १ सय कामदार पठाउन लागेकोमा कृषिमा काम गर्नेहरुको संख्या मात्र २ हजार १ सय रहेको छ ।
इपिएस प्रणालीबाट दक्षिण कोरियामा गई कृषिमा काम गर्न ईच्छुक ३७ हजार १ सय ७५ जना युवाहरुलाई कृषि विकास मन्त्रालयको युवा लक्षित कार्यक्रमले समेट्न नसकेकै कारण युवाहरु दक्षिण कोरियको कृषिमा काम गर्ने इच्छा व्यक्त गरिरहेको आवेदनकै तथ्यांकले देखाउंछ ।

प्रकाशित मिति: आइतवार, असार ५, २०७३