बुधबार, बैशाख २६, २०८१

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तुहाउने चेतावनी

काठमाडौं । कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले आगाामी आर्थिक बर्षदेखि लागू हुने गरी बजेट वक्तव्यमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तुहाईदिने चेतावनी दिएका छन् । आगामी आर्थिक बर्षको लागि तयार गरिएको कार्यक्रममा बारेमा जानकारी दिने उदेश्यले कृषि विकास मन्त्रालयलको नियमित पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गजुरेले सो चेतावनी दिएका हुन् । haribol gajurel
आफूले कृषि मन्त्री भए लगतै ल्याएको २७ बुंदे प्रतिवद्धतामा किसानलाई पेन्सनका कुरा उल्लेख गरी आगामी आर्थिक बर्षदेखि नै लागू गर्ने गरी कार्यक्रम प्रस्ताव गरे पनि बजेटबाट हटाइएको प्रति रोष व्यक्त गर्दै मन्त्री गजुरेलले जवजम्म किसान पेन्सनको कुरा लागू गर्नका लागि बजेटमा व्यवस्था गरिंदैन तवसम्म प्रधानमन्त्रीका नाममा ल्याएको कार्यक्रम कृषि आधुनिकीकरण परियोजना तुहाईदिने धम्की दिएका हुन् ।

प्रकाशित मिति: बिहिबार, असार २, २०७३