आइतवार, जेष्ठ ६, २०८१

साना किसान वैंकको इजरायल धन्दा के हो ?

काठमाडौं । सरकारले केयर गिभरका रुपमा नेपाली युवायवतीलाई इजरायल पठाउन स्वीकृत पाएपछि इजरायल जाने चाहनेहरुको भीड ठूलै देखियो । इजरायल जान चाहनेहरुको भीड देखेर इजरायलबाट फर्केका केही व्यक्तिहरुले त आफै भाषाको कक्षा पनि सञ्चालन गरे । आफूहरु इजरायलबाट फर्केकाले दूतावाससंग राम्रो सम्वन्ध रहेको भन्दै कतिले भाषा सिकाउने नाममा पनि हजारौं रुपैयां उठाउन भ्याए  । sanaगैर कानूनि रुपमा त्यस्ता कक्षा सञ्चालन गर्नेहरुलाई समेत प्रशासनले कुनै कार्वाही गर्न नसक्दा हजारौं युवाहरु ठगिएका छन् । हजारौं युवाहरु खुल्लम खुल्ला ठगिदा समेत प्रशासन मौन छ । आर्थिक कमाईका दृष्टिकोणले राम्रो मानिएको इजरायल जान चाहनेहरुको भीडलाई नै कतिपयले कमाउ धन्दाका रुपमा समेत प्रयोग गर्दै आईरहेका छन् । विशेष गरी कृषि क्षेत्रमा काम गर्न पठाउने नाममा केही गैरसरकारी संस्थाहरुले आफ्नो ठगि धन्दालाई सक्रिय गरिरहेको भएपनि प्रशासन कानमा तेल हालेर बसिरहेको छ ।
इजरायलमा कृषि तथा पशुपालन सम्वन्धि काममा तालिमेका रुपमा रुपमा सहभागि गराउने भन्दै विज्ञापन नै गरेर आफ्नो स्वार्थ पूर्ति गरिरहंदा पनि सरोकारवाला निकायले खोजविन समेत गरेको देखिंदैन । इयरायलबाट फर्केका केही युवाहरुले नेपाली युवायुवतीलाई नेपालमा केही हप्ताको तालिम गराउने र विशेष प्रक्षिक्षणका लागि इजरायल पठाउने भन्दै ललितपुरको सातदोवाटोतिर कार्यालय नै खोलेर रकम असुल्दै आईरहेका छन् । यो अवैधानिक कार्यमा संलग्न रहेकालाई सम्वन्धित सरोकारवालाले नै कार्वाही गर्ला ?
तर यहां उठान गर्न खोजिएको विषय भने साना किसान वैकको हो । साना किसान विकास वैंकले आफ्नो शेयर सदस्यहरुको छोराछोरीहरुलाई इजरायलमा प्रशिक्षार्थीका रुपमा पठाउंदै आइरहेको कुरा धेरैलाई थाहा छ । तर साना किसान वैंकले इजरायल पठाउने नाममा कतिसम्मको अन्याय गरेको छ भन्ने कुरा इजरायलमा पुगेका नेपाली प्रशिक्षार्थीहरुमाथि भएको श्रम शोषणबाट नै प्रष्ट हुन्छ । इजरायलमा कृषि प्रविधि प्रशिक्षणका साना किसान वैंकले पठाइए विद्यार्थीहरु पढ्ने काममा भन्दा पनि कृषिमा ज्यामी काम गर्ने बाहेक अरु केही पनि गर्न पाएका देखिंदैनन् । हप्ताको एक दिन प्रशिक्षण गराउने र छ दिनसम्म विभिन्न ठूला कृषि फार्महरुका कृषि काम गर्ने कार्य उनीहरुले गर्दै आईरहेका छन् । १० महिने प्रशिक्षणका लागि इजरयाल पठाउंदा साना किसान वैंकले प्रति विद्यार्थी १० लाख बराबरको धरौटी समेत राख्ने गरेको साना किसान वैंकका उच्च अधिकारीहरुले नै स्वीकार गरेका छन् । साना किसान वैंकले प्रशिक्षार्थीका रुपमा इजरायल पठाउनका लागि न त कृषि विकास मन्त्रालयसंग सहकार्य गरेको छ न त श्रम विभागसंग नै स्वीकृत लिएको देखिन्छ । साना किसान वैंकले नेपाली श्रम कानूनको धज्जी उडाउंदै सिंधै दूतावाससंग सहकार्य गरेर प्रशिक्षार्थीका रुपमा कामदार पठाउंदै आईरहेको खुलेको छ । पछिल्लो समयमा कृषि विकास मन्त्रालय र सो मन्त्रालयका सचिवको समेत बदनाम हुने गरी मन्त्रालयको नक्कली लेटरप्याड र सचिवको समेत नक्कली हस्ताक्षर गरी श्रम विभागमा पठाइएको पत्र सञ्चारमाध्यमहरुमा पुगेपनि साना किसान वैंकको इजरायल धन्दा बारेमा खोजी गर्ने बेला आएको छ । कृषि क्षेत्रमा प्रशिक्षार्थीका रुपमा पठाउनका लागि नक्कली लेटरप्याड र नक्कली हस्ताक्षर सहित श्रम विभागमा पुगेको पत्रले साना किसान विकास वैंकले विगतदेखि इजरायलमा प्रशिक्षार्थी कुन नियम र के आधारमा पठाउंदै आईरहेको छ भन्ने कुराको तथ्य सार्वजनिक होला नै  । त्यसको छानवित अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं सम्वन्धित सरोकारवाला निकायले नै गर्ला । साना किसान विकास वैंक मार्फत दजनौं व्यक्ति इजरायल पठाउनका लागि श्रम विभागमा पुगेको भनिएको कृषि विकास मन्त्रालयको नक्कली लेटरप्याड र सचिवको नक्कली हस्ताक्षरको विषयमा यतिखेर छताछुल्ल भएको छ । साना किसान वैंकले किन कृषि विकास मन्त्रालयको नक्कली लेटरप्याड प्रयोग ग¥यो भन्ने चर्चा कृषि विकास मन्त्रालय मात्र होइन सुरक्षा निकायसम्म पनि पुगेको छ ।
कृषि विकास मन्त्रालयको नक्कली लेटरप्याड काण्डको छानविन हुंदै गर्ला तर विगतदेखि नै इजरालय विद्यार्थीका रुपमा पठाउंदै आईरहेको साना किसान विकास वैंकको विश्वसनीयता माथि यसले प्रश्न चिन्ह भने उठाएको छ । विद्यार्थी इजरायल पठाउने विषयमा कृषि विकास मन्त्रालयको नक्कली लेटरप्याड प्रयोग भएको सम्वन्धमा साना किसान विकास वैंकका प्रमुख कार्यकारी अधिकृत जलन कुमार शर्मासंग कुरा गर्दा कृषि विकास मन्त्रालयसंग आफूहरुले कुनै पनि सहकार्य नगरेको बताए । नेपालबाट इजरायल विद्यार्थी अरु कसले पठाउंछ भन्ने प्रश्नमा उनले आफूहरु बाहेक अरु कसैले पनि प्रशिक्षार्थीका रुपमा इजरायल नपठाउने जवाफ दिए । कृषि विकास मन्त्रालयको नक्कली लेटरप्याड सोही कार्यका लागि तपाईहरुले नै प्रयोग गर्नु भएको हो भन्ने प्रश्नमा उनले मन्त्रालयको लेटरप्याडको विषयमा आफूलाई थाहा नभएको बताए ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७३