आइतवार, जेष्ठ ६, २०८१

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको घोषणा

काठमाडौं, जेठ । कृषि क्षेत्रको विकास कार्यमा तीव्रता दिनका सरकारले आगामी आर्थिक बर्षका लागि विशेष कार्यक्रम भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम को घोषणा गरेको छ । कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा सो कार्यक्रम घोषणा गरेका अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।bishnu-poudel बजेट वक्तव्य मार्फत कृषि क्षेत्रमा नयां कार्यक्रम स्वरुव सरकारले उक्त कार्यक्रम घोषणा गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ५ अर्व रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १५, २०७३