आइतवार, जेष्ठ ६, २०८१

उपराष्ट्रपछि भन्छन् कृषि क्षेत्रमा बजेट बढाउ

काठमाडौँ, जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको अर्थतन्त्र मजबुत बनाउन कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन् । नेपाल भेटेनरी एसोसिएसनको बाह्रौँ सम्मेलनको उद्घाटन उनले सो कुरा बताएका हुन् । यदी राज्यले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्ने हो भने विदेशीएका युवाले यही आफ्नो भविष्य देख्नेछन् र यो पेसामा आवद्ध हुनेछन् ।” उपराष्ट्रपति पुनले सरकारले तयार पारेको २० वर्षे कृषि विकास रणनीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

e]6sg !^ pk/fi6«klt gGbaxfb'/ k'g a'waf/ k|1f ejgdf cfof]lht g]kfn e]6]l/g/L P;f]l;P;gsf] !@cf}+ /fli6«o ;Dd]ngsf] pb3f6g ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा किसान सुरक्षा कोष, निवृत्तिभरणलगायत उत्साहित योजना भए पनि बजेटमा खाली ‘सम्भ्यावता अध्ययन गरिने छ’ मात्र भनिएकाले यो सच्याउनुपर्ने बताए । 

पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले कृषि क्षेत्रको वस्तु आयातका लागि वार्षिक रु १८ अर्ब भन्दा बढी रकम विदेशिने गरेको बताउँदै अबको दुई÷तीन वर्षभित्र अयात विस्थापन गर्ने लक्ष्य मन्त्रालयको रहेको बताइन् ।
मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले मन्त्रालयले पशुपक्षीको विकासका लागि नश्ल सुधार, आहार, स्वास्थ्य र पशुजन्य पदार्थको सुधारका योजनालाई अघि बढाइएको जानकारी दिए । एसोसिएसनका अध्यक्ष डा रामकृष्ण खतिवडाले भेटेनरी सेवालाई अत्यावश्यक सेवाको रुपमा विकास गर्न आफूहरू लागिपरेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १९, २०७३