आइतवार, बैशाख १६, २०८१

हावाहुरीले लिची क्षति

पाल्पा, १० जेठ । आज आएको हावाहुरीले जिल्लाको हुँगीमा करिब रु तीन लाख बराबरको लिचीमा क्षति पुगेको छ । हावाहुरीले यहाँ बिक्री गर्न तयार भएका लिची झारेर नष्ट हुँदा किसानलाई नोक्सानी पुगेको हो । लिची उत्पादनको पकेट क्षेत्र हुँगीका किसानले बर्सेनि लिची उत्पादन गरी बुटवल, स्याङ्जा, पोखरा, चितवनलगायतका बजारमा बिक्री गर्दै आएका छन् ।
स्थानीय कृषक अरूणप्रकाश पन्तले हावाले करिब रु ५० हजार बढीको लिची नष्ट भएको बताए । उनले लिची बिक्री गरी बर्सेनि रु एक लाख ५० हजार बढीको आम्दानी लिने गरेका छन् । त्यसैगरी स्थानीय दिवाकर पन्तको पनि करिब रु २० हजार बराबरको लिची नष्ट भएको छ । यहाँका १०० बढी किसानले बर्सेनि लिची बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन् भने यहाँका प्रत्येक किसानले अभियानका रूपमा घर घरमा लिची लगाउँदै आएका छन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७३