सोमवार, बैशाख ३१, २०८१

किसानलाई बीउ वितरण

सिन्धुली, १० जेठ । गत बैशाख २६ र २७ गतेको भिषण आगलागीबाट पीडित सिन्धुलीको भुवनेश्री गा.वि.स.का किसानलाई धानको विउ वितरण गरिएको छ । गाबिसका १, ७ र ९ का ४५ घर परिवारलाई कारितास नेपाल नामक संस्थाले धानको विउ वितरण गरेको हो । ७८ रोपनी जग्गाको लागि पूग्ने गरि प्रति रोपनी ४ के.जि.को दरले ३१५ के.जी. धानको विउ वितरण गरिएको कारितास नेपालका निलु मगरले जानकारी दिए ।
यसैबिच आगलागी प्रभावित परिवारलाई करेसाबारी प्रर्वद्धनको लागि रायो, मुला, बोडि, करेला, लौका, घिरौला, खोर्सानी लगायतका तरकारीको विउ समते वितरण गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेल बताए । विउ विजन वितरण पश्चात विउ राख्ने तरिकाको बारेमा कृषि प्राविधिक सन्तोष बरालले जानकारी गराएका थिए । मिमन पुलामी

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७३