शुक्रबार, जेष्ठ ४, २०८१

संयुक्त रुपमा नबढेसम्म कृषिको विकास हुंदैन

udaya thakur
उदयचन्द्र ठाकुर
सचिव
बन तथा भूसंरक्षण मन्त्रालय

० अहिले पशुपन्छी विकास मन्त्रालयले पशुबस्तुहरुको चरनका लागि बन मन्त्रालयले सहयो गरेको छैन भन्ने चर्चा छ नि ? किन नगरेको सहयोग ?
सहयोग नगरेको होइन, सहयोग गरिरहेको छ । यदि त्यसो भनिएको हो भने त्यो मिथ्या आरोप मात्र हो । अहिले सामुदायिक बनहरु धेरै छन् । त्यसलाई आफ्नै तरिकाले व्यवस्थापन गर्ने र त्यही अनुसार उपयोगमा ल्याउने भएकाले कही कतै चरनमा समस्या परेका होलान् । तर पनि उपयोगिताको किसिमले हामीले कसरी भएको वनलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यसकारण चरनका लागि कसरी व्यवस्थापन गर्ने, त्यसबाट पाउने प्रतिफल पशुपन्छीमा कसरी लगाउने त्यसलाई सोच्नु पर्दछ । बनलाई हामीले जति व्यवस्थापन गर्न सक्छौं पशुबस्तुको आहार पनि त्यत्ति नै बढ्छ । तर हामीले प्रकृतिलाई कसरी प्रयोग ग¥यौं अव के गर्नु पर्दछ भन्ने कुराको सोचमा परिवर्तन ल्याउनु पर्दछ ।
० विगतमा हरियो बन नेपालका धन भन्थे अहिले त्यो नारा त हरायो । यसको मतलव बन विनास हुंदै गएको हो ?
हरियो बन नेपालको धन अहिले पनि छ । पहिले हामी बनसंग मात्र सिमित थियौं अहिले आएर बनलाई विभिन्न रुपमा बर्गिकरण गरी साझेदारी होस् या धार्मिक होस्, वा कवुलियत बन होस् त्यसलाई केही न केही रुपमा परिवर्तन हुंदै गईरहेको छ । त्यसकै लागि पनि बन क्षेत्र अहिले बढ्दै गईरहेको छ । तर बन क्षेत्रमा बुटानहरुले ढाक्ने क्षेत्र बढेको छ । साझेदारी निजी बनहरु भयो । त्यसले गर्दा व्यापक रुपमा विकसित हुंदै गईरहेको छ । त्यो सवै कुरालाई हेर्ने हो भने हरियो बन हिजो पनि थियो आज पनि छ । बन समृद्धको लागि हो । समृद्ध भनेको सवैलाई जोडेर समृद्ध हुने हो ।
० बन समृद्धिका लागि हो भनिरहंदा मुलुकको आर्थिक मेरुदण्ड कृषि क्षेत्रले बोकेको भन्ने चर्चा चलिरहंदा जडीबुटीको उत्पादनमा कृषि विकास मन्त्रालयले हात हालेको छ । जडीबुटीको महत्वलाई कृषिसंग कसरी जोड्नु पर्दछ होला ।
जडीबुटी बन क्षेत्रबाट यस्तो सम्भावित भएको छ । जसले भोलीका दिनमा आउन सक्ने प्रतिष्पर्धा र विदेशी मुद्रा आर्जन गर्ने ठूलो साधनको रुपमा हामीले लिन सक्छौं । हुन त कृषिका केही उपजहरु हामीले अहिले पनि निर्यात गरिरहेका छौं । जसबाट विदेशी मुद्रा आर्जन गरेको छ । तर त्यो भन्दा पनि जडीबुटीको सम्भावन बढी छ । किनकी हिमाल हाम्रो साथमा छ । हिमाली ब्राण्ड भनेको त विश्वमा पहिचान गर्न सकिने र त्यसमा उत्पादन बढाएर गर्न सक्यौ भने हुन सक्छ । अव केही व्यवसायिकरण हुन सक्यो भने संयुक्त रुपमा काम गर्नलाई केही पनि अप्ठेरो छैन । विभिन्न आयोजना कृषिमा पनि छन् । उहाँहरुले पनि जडीबुटिसंग सम्वन्धित काम गरिरहनु भएको छ त्यसैले पनि अहिले सवैभन्दा बढी जोड जडीबुटीलाई नै दिएका छौ । आजका दिनसम्म जडीबुटी संकलन गर्ने र प्राविधिक ज्ञानको अभावले गर्दा प्रशोधन नगरी निर्यात गर्दा कम रकममा विक्री गरिरहेका थियौं । अहिले प्रशोधन गरेर निर्यात गर्दौ कयौं गुणा धेरै रकम हात पार्न सक्छौं । त्यसकारण कृषि र बन मिलेर यस्ता बस्तु र कृषि उपजलाई मूल्य श्रृखलामा स्थापित गर्न चाहन्छौं । नेपालमा अहिले अनुसन्धानका कुराहरु पनि छन्, प्रयोगशालाका कुरा, क्षमता अभिबृद्धिका कुराहरु र बजारीकरणका कुराहरु एकै रुपमा जोड दियौं भने त्यसले यो आर्थिक बृद्धि दरमा पनि सहयोग गर्दछ । विदेशी मुद्रा आर्जनमा पनि सहयोग गर्दछ । यसले बढी भन्दा बढी रोजगारी पनि दिन सक्छ ।
० तर सरोकारवाला निकायवीच समन्वयको अभाव त छ नि यसका लागि ?
विगतमा थियो होला तर, अहिले समन्वयको अभाव देखेका छ्रैनौं । हामी अहिले संयुक्त रुपमा गएका छौं । र कृषिमा अहिले एडिएसको कुरा आएको छ । यसले बन क्षेत्रलाई पनि त्यत्तिकै महत्वपूर्ण भूमिका दिएको छ । भावी दिनमा पनि संयुक्त रुपमा अगाडि बढ्न सक्यौं भने देशको आर्थिक उन्नतिमा मद्दत गर्दछ ।
० सरोकारवाला मन्त्रालय बन, कृषि पशुपन्छी, सिंचाई, भूमिसुधारवीच छलफल भईरहेको छ त ?
बन, कृषि र पशुपन्छी वीच त छलफल भईरहेको छ । अर्थ मन्त्रालयसंगका वैठकमा पनि संगै बसेर बजेटका कुराहरु गर्ने गर्दछौं । बनसँग रहेको जडिबुटीका कुरालाई हामीले उद्यमशिलतासंग जोड्नु पर्दछ । त्यस्तो हुने वित्तिकै बाणिज्य मन्त्रालयसंग पनि हाम्रो सम्वन्ध नियमित हुन्छ । अन्तर्राष्ट्रिय टे«डका कुरालाई कसरी जोड्ने भन्ने कुराका लागि पनि हामीले प्रयास गरिरहेका छौं । हामी सरोकारवाला मन्त्रालय वीच भएको छलफलले नै एक दुई बर्षमा नै सकारात्मक परिणाम निकाल्छौं ।
० कृषिमा व्यवसायिकरण गर्नु प¥यो भन्छौं कतिपय बनस्पति उत्पादनलाई पनि संगै लैजानु पर्ने होइन ?
हो । यो एकदम राम्रो पक्ष हो । अहिले हामीले हेर्ने हो भने सातसयभन्दा बढी जडीबुटीहरु पहिचान गरिसकेका छौं । त्यसमध्ये ३९ लाई हामीले प्रयोगमा ल्याउन सक्छौं । सात आठ वटा जडीबुटीलाई व्यवसायिक रुपमा जान सक्ने भन्ने कुरा अनुसन्धानबाट नै आएको हुंदा त्यस तर्फ पनि ध्यान दिईरहेका छौं । कतिपय प्राकृतिक रुपमा नै राखेर अन्य मापदण्ड पु¥याएर त्यसलाई संरक्षण सम्वद्र्धन र त्यसको उपयोग गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण छ । किनकी हामीले अर्गानिक ब्राण्ड दिन चाहिरहेका छौं । केही व्यवसायिक नहुने जडिबुटी पनि तर जुन व्यवसायिक हुन्छ त्यसलाई नै निरन्तरता दिने भन्ने हाम्रो उदेश्य हो ।
० अहिले हामीले यतिकुरा गरिरहंदा विगतमा यिनै कुरा किन हुन सकेन जस्तो लाग्छ ?
मन्त्रालयहरु पनि आ आफ्नै ढंगले आफ्नै उदेश्य अनुसार मात्र हिड्न खोजेकाले गर्दा, समन्वयको अभाव भयो । एक आपसमा बुझ्न सकेनौं तर जुन हिमाली आयोजनाहरु आयो त्यसबाट केही सकारात्मक कुराहरु भए । कृषि विकास मन्त्रालयले जडीबुटीमा लगानी गरिरहेको छ । निजी क्षेत्रले पनि जडीबुटी प्रवद्र्धन गर्नमा सहयोग गर्न लागिरहनु भएको छ । जवसम्म हामी संयुक्त रुपमा जांदैनौ तवसम्म देशको आर्थिक विकास गर्न सक्दैनौं । -वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७३