बुधबार, बैशाख १९, २०८१

हिमाली कृषि व्यवसाय मेला सकियो

काठमाडौँ,९ जेठ । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको एकमात्र ठूलो आयोजनाका रुपमा चिनिएको हिमाली आयोजनाले अनुदान प्रदान गरेका उप आयोजनाहरुले उत्पादन गरेका कृषि उपजहरुको पहिलो पटक गरिएको तीन दिने मेला सकिएको छ । हिमाली आयोजनाले कृषि तथा वनस्पति जन्य उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीन दिने प्रथम हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि आईतबारसम्म आयोजना गरेको थियो ।
भृकुटीमण्डपमा गरिएको सो मेलामा हिमाली जिल्लाका कृषि, पशु तथा वनस्पतिजन्य उत्पादनको बृहत् प्रदर्शनी गरिएको थियो । मेलामा ६९ व्यापारिक कक्षमा ७६ किसिमका हिमाली उत्पादन राखिएका थिए । चौंरीको चिज, छुर्पी, जुम्लाको स्याउ, सिमी, ओखर, केशर, जडीबुटी, ट्राउट माछा आदि मेलाका आकर्षक कृषि उपज बनेका थिए । भने राडी पाखी पनि आकर्षण बन्न पुगेको थियो । तर अधिकांशले मेलामा फुड स्टलमा बंगुरको मात्र राखेकोमा गुनासो गरेका थिए । हिमाली आयोजनाले सहयोग गरेको ट्राउट, खसी, भेडाका परिकार नराखेका कारण पनि खल्लो बन्न पुगेको धेरैले गुनासो गरे

प्रकाशित मिति: आइतवार, जेष्ठ ९, २०७३