शुक्रबार, बैशाख २१, २०८१

असिना पानीले मकै र केराखेती सखाप

लमजुङ, ८ जेठ । भिषण हावाहुरी र असिना पानीले मकै र केराखेती सखाप पारेपछि लमजुङका किसान मर्कामा परेका छन् । लामो खडेरी जसोतसो झेलेका किसानले भिषण असिनापानीका कारण मकै र केरा खेतीसमेत सखाप पारेपछि थप समस्यामा परेका हुन् । असिनापानीका कारण लमजुङको धुसेनी, नेटा, गिलुङ, पसगाउँ, भोजे, गाविस तथा करापुटार र मध्यनेपाल नगरपालिकाका ९० प्रतिशत मकैखेतीमा क्षति पुगेको कृषि विकास कार्यालयले लमजुङले जनाएको छ ।
खेत तथा बारीमा लगाएका सबै मकै सखाप भएपछि कतिपय किसान भने पाखाबारीमा भए पनि मकै लगाउने तयारीमा छन् । तर कृषि विकास कार्यालय लमजुङले भने आफूसँग मकैको बीउ नभएको र मकैको सिजन समेत सकिएकाले समस्या भएको बताएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ८, २०७३