शनिबार, बैशाख २२, २०८१

व्यवसायिक भन्ने गरिएपनि परम्परागत रुपमै कृषि व्यवसाय

काठमाडौं, जेठ । नेपालको कृषि व्यवसायिक तर्फ उन्मूख भएको भएपनि परम्परागत कृषि भन्दा फरक हुन नसकेको पशुपन्छी विकास मन्त्री शान्ता मानवीले बताएकी छिन् । काठमाडौंमा आयोजित हिमाली आयोजनाले पहिलो पटक आफूले अनुदान सहयोग उपलब्ध गराएका कृषि व्यवसायीहरुले उत्पादन गरेका कृषि उपजहरुको मात्र प्रर्दशनी गर्न आयोजित मेलाको उद्घाटन गर्दै मन्त्री मानवीले सो कुरा बताएकी छिन् । santa
६७ प्रतिशत जनता अझैपनि कृषिमा नै सक्रिय रहेको बताउंदै परम्परागत रुपमा गरिने कृषि खेतीले व्यवसाय हुन नसक्ने बताउंदै कृषि विकास मन्त्रालयबाट हुने गरेका कार्यक्रम अत्यन्तै राम्रोसँग बढिरहेको भन्दै मन्त्री मानवीले कृषिमा व्यवसायिकरण र आधुनिकीकरण गरेर मात्र आजको आवश्यकता पूरा गर्न सक्ने बताएकी छिन् ।
मुलुकमा अहिले माग भईरहेको दूधको आवश्यकता पूरा गर्नका लागि दूध उत्पादनमा बृद्धि गर्नु पर्ने बताउंदै उनले तीन बर्षभित्रमा दूधमा आत्मनिर्भर हुनका लागि पशुपन्छी विकास मन्त्रालय लागि रहेको समेत बताइन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७, २०७३