आइतवार, जेष्ठ ६, २०८१

रसायनिक मलको बढि प्रयोग नगर्न किसानहरुलाई आग्रह

सिन्धुली,५ जेठ । जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले धानको बेर्ना छिट्टो हुर्काउनको लागि रसायनिक मलको बढि प्रयोग नर्गन किसानहरुलाई आग्रह गरेको छ । पछिल्लो समय किसानहरुले बेर्नालाई छिट्टो हुर्काउनका लागि रसायनिक मलको बढि प्रयोग गरेको पाइएकाले कार्यालयले त्यसो नर्गन आग्रह गरेको हो । रसायनिक मलका कारण छिट्टो र हेर्दा राम्रो बेर्ना उत्पादन भएपनि त्यस्ता बेर्ना गुणस्तरीय नहुने भएकाले कम्पोष्ट मलको बढि प्रयोग गरी उत्पादन गरेका बेर्ना गुणस्तरीय हुने भएकाले कम्पोष्ट मलमा जोड दिन किसानहरुलाई जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत बिजय मण्डलको सुझाब छ ।
साथै जिल्लाको महाभारत क्षेत्रमा जेठको पहिलो साता र तल्लो बेल्टमा जेठको दोस्रो साता धानको ब्याड राख्ने उपयूक्त समय भएपनि पछिल्लो समय परिबर्तन भइरहेको किसानप्रतिकूल बाताबरणलाई ध्यानमा राखी आफूलाई सहज हुने तरिकाले ब्याड राख्न सकिने मण्डलको भनाईछ । प्रतिकूल बाताबरणका कारण समयमै पानी नपर्दा धानको बेर्ना छिप्पिन सक्ने भन्दै मण्डलले छिपिएको बेर्नाबाट राम्रो उत्पादन नहुने भएकाले छिपिन नपाउने गरी बेर्ना सार्न पनि किसानहरुलाई सुझाब दिनु भएको छ । जिल्लामा राम धान, मकवानपुर, साबित्री र सुख्खा ३ जातका धान राम्रो उत्पादन हुने बताउदै मण्डलले सुख्खा ३ र साबित्री जातका बेर्ना २० देखि ३५ दिनसम्म र राम धान २० देखि ४५ दिनसम्मको सार्न उपयूक्त हुने भएपनि समान्यतया यी सबै जातका बेर्ना २० देखि ३० दिनमा सार्दा उपयूक्त हुने उनले बताए । यस्तै जिल्लाका अधिकांश स्थानमा आकाशे पानीको भरमा खेती गर्नु पर्ने भएकाले पानीको अभाबमा बेलैमा वा भने जस्तो उतपाद लिन नसक्ने हुदा त्यस्ता स्थानमा सुख्खा ३ जातका धान लगाउदा उपयूक्त हुने उनको भनाई छ । कम पानीमा पनि उत्पादन हुने भएकाले सुख्खा क्षेत्रका किसानलाई सुख्खा ३ जातका धान लगाउन मण्डलको सुझाब छ । मिमन पुलामी

प्रकाशित मिति: बुधबार, जेष्ठ ५, २०७३